ललितपुर । बहुमुल्य जडिबुटी लौठसल्लो खेतीमा दक्षिण ललितपुरका किसानहरु आकर्षित हुन थालेका छन् । लौठसल्लोबाट मकै, गहुँजस्ता खेतीको तुलना बढी आम्दानी हुने भएपछि किसानहरु सहकारीमा संगठित भई आफ्नो व्यवसायीक बन्न थालेका छन् ।
किसानलाई संगठित गर्दै स्थापना भएको लौठसल्लो बहुउद्देश्यीय जडिबुटी सहकारी संस्थालले जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । हाल उत्पादित लौठसल्लो प्रसोधनका लागि हेटौडा पठाउदै आएकोमा सहकारीले साझेदारीमा लौठसल्लो प्रशोधन गर्ने तयारी थालेको हो ।
सहकारीका अध्यक्ष इन्द्रकुमार स्याङतानले प्रशोधन गर्न जग्गा लिइसकेको र पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिए । जिल्लामा लोठसल्लाको उत्पादन वृद्धि भएपछि महाङकालमै प्रशोधन केन्द्र स्थापना गर्न लागिएको उनले बताए ।
सबै सदस्यबाट ५० हजार गरी १ करोड संकलन गरी थप रकम साझेदारीमा जुटाएर प्रशोधन केन्द्र स्थापना हुने छ । पर्यटन सहकारी केन्द्रीय संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्रशोधन केन्द्र सञ्चालन गर्न १० करोड जति लाग्ने देखिएको बताए । ‘जग्गा र ट्रस्ट (एक तिहाइ लगानी) संस्थाले दिने र मेसिनरीलगायत कम्पनीबाट गर्ने कि प्रशोधन केन्द्रको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिने भन्ने विषयमा छलफल भइरहेको छ’ उनले भने ।
संस्थाले कृषकबाट २ सय ७५ रुपैयाँमा लौठसल्लो खरिद गर्छ । प्रतिकेजी ७ रुपैयाँ संस्थालाई राखेर कृषकलाई २ सय ६८ रुपैयाँमा बिक्री गर्ने गरेको छ । यसबाहेक संस्थाको ६ रोपनी जग्गामा पनि लौठसल्लो लगाएको छ । त्यसबाट वार्षिक ७५ टन लौठसल्लो उत्पादन हुन्छ । लौठसल्लाको पातबाट बन्ने ‘टक्सुल १० डीएबी’ क्यान्सरका लागि औषधि प्रमाणित भएसँगै यसको मूल्य उच्च छ ।
सहकारी संस्थाले वार्षिक १ करोडको लौठसल्लो बिक्री गर्छ । ललितपुरमा ८ वर्षदेखि मात्रै व्यवसायीक रुपमा लौठसल्लो लगाउन लागिएको हो । थोरै जग्गामा वर्षमा महिनादिन मात्रै काम गर्दा पनि चार÷पाँच लाख आम्दानी गर्न सकिने भएकाले किसानको ध्यान लौठसल्लोमा गएको छ ।
किसानले ३ वर्षदेखि सहकारी गठन गरी लौठसल्लो उत्पादन तथा संकलन गर्न थालेका हुन् । अध्यक्ष स्याङतान सदस्यको संख्या क्रमशः बढ्दै गएको बताउँछन् । संस्थाले १ सय वटा बिरुवा लगाएकोलाई मात्रै सदस्य बनाउने नियम बनाएको छ । संस्थाले एउटा बिरुवा ७० रुपैयाँमा कृषकलाई बिक्री गर्छ ।
संस्थाले कृषकबाट २ सय ७५ रुपैयाँमा लौठसल्लो खरिद गर्छ । प्रतिकेजी ७ रुपैयाँ संस्थालाई राखेर कृषकलाई २ सय ६८ रुपैयाँमा बिक्री गर्ने गरेको छ । यसबाहेक संस्थाको ६ रोपनी जग्गामा पनि लौठसल्लो लगाएको छ । त्यसबाट वार्षिक ७५ टन लौठसल्लो उत्पादन हुन्छ । लौठसल्लाको पातबाट बन्ने ‘टक्सुल १० डीएबी’ क्यान्सरका लागि औषधि प्रमाणित भएसँगै यसको मूल्य उच्च छ ।
Leave a comment