काठमाडौं । सर्वसाधारण उपभोक्तालाई दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराउने उपभोक्ता सहकारीहरुको केन्द्रीय संघ निश्कृय बनेको छ । ८ वर्षदेखि वार्षिक साधारणसभा समेत गर्न नसकेको संघले कार्यालय समेत राख्न सकेको छैन भने कार्यसमितिको बैठक समेत बसेको छैन ।
राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा प्रतिनिधि भएर जाने बाहेक अरु कुनै गतिविधि संघले सञ्चालन गर्न सकेको छैन । संघ निश्कृय भएपनि अध्यक्ष दीपकप्रसाद पौडेल सहकारी कार्यक्रममा भने उपस्थित हुने गरेका छन् ।
अध्यक्ष पौडेल ५ महिनादेखि अमेरिकामा छन् । उनले विगत ५ वर्षदेखि कार्यसमितिको बैठक समेत राखेका छैनन् । सहकारीका कार्यक्रममा उपस्थित हुने गरेका पौडेललाई संघ सञ्चालन गर्न नसकेकोमा कुनै पश्चाताप हुँदैन । निर्लज्ज ढंगले कार्यक्रममा उपस्थित हुन्छन् । साधारणसभा गरी नेतृत्व हस्तान्तरण गर्न तथा संघलाई सञ्चालन गर्न कुनै चासो नदिएको पदाधिकारी नै असन्तुष्ट छन् ।
उपभोक्ता केन्द्रीय संघका उपाध्यक्ष गोविन्दप्रसाद शर्माले अध्यक्षको ‘लिंगरिङ’ को कारणले साधारणसभा गर्न नसकिएको बताउँछन् । ‘साधारणसभा गरम भन्दा कोकोलाई सोध्न हिँड्छन्’ उनले भने, ‘अध्यक्ष अमेरिकाबाट आएपछि दवाव दिएर भए पनि साधारणसभा बोलाउँछौं ।
संघ छाडिसकेको भन्न रुचाउने शर्मा भन्छन् ‘हामी साधारणसभा गर्नुपर्छ भन्छौं, अध्यक्ष भागेर हिँड्छन् ।’ उनलाई सल्लाह दिनेले नगर भनेर हो कि साधारणसभा नै हुन नसकेको उनी स्वीकार गर्छन् । ‘संघ पुर्नजीवन भए धेरै राम्रो हुने उनको भनाइ छ ।
‘सहकारी क्षेत्रमा राजनीति पसेर बिग्रियो । व्यवसायिक बन्न सकने । यसैकारण संघ सक्रिय हुन सकेन’ उनले भने । सहकारीका उत्पादन बजारसम्म ल्याउन र बजारका प्रविधि गाउँसम्म पु¥याउन उपभोक्ता सहकारीले भूमिका खेल्न सक्छन् । तर केन्द्रीय संघको अस्तित्व नै धरापमा भएपछि उपभोक्ता सहकारी पनि अलमलिएका छन् ।
केही उपभोक्ता सहकारीले चलाएका डिपार्टमेन्ट स्टोर, मार्ट, उपभोक्ता पसल उदाहरणीय छन् । संघ स्थापना भएको ३ दशक भइसकेको छ । संघले सहकारीको क्षमता अविभृद्वि गर्ने, उपभोक्ता सहकारीको हितका लागि प्रवद्र्वन गर्ने, बहस पैरबी गर्ने काम गर्न नसकेको उपभोक्ता सहकारीकर्मीको गुनासो छ । केन्द्रीय संघको साधारणसभा नभएको वर्षौै बितिसक्दा पनि नियायमक निकाय सहकारी विभागले कुनै कारवाही गर्न सकेको छैन
२०७० सालमा दीपकप्रसाद पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । संघले खासै आफ्ना गतिविधि सञ्चालन गर्न सकेको छैन । संघको आयस्रोत नहुँदा कार्यालय र कर्मचारी समेत छैनन् । केही वर्षअघिसम्म एक जना कर्मचारी भएपनि तलब खुवाउन नसकेपछि संघले बिदाइ गरिसकेको छ ।
३/४ वर्षदेखि साधारणसभा बसाउन नसकिएको दावी गर्दै पौडेलले सहकारी अखबारसँगको कुराकानीका क्रममा गत वैशाखमा साधारणसभा बोलाउने बताएका थिए । तर, २०७९ को बैशाख आउनै लाग्दा पनि संघको साधारणासभा गर्न सकेका छैनन् ।
टिम नमिलेकाले काम गर्न नसकेको अध्यक्ष पौडेल बताउने गर्छन् । संघका अन्य पदाधिकारीले भने संघको स्वामित्व समेत लिन चाहदैनन् । उपाध्यक्ष शर्मा, महासचिव सीताराम काफ्ले, कोषाध्यक्ष टेकप्रसाद चौलागाईले संघको पदाधिकारी भन्न समेत रुचाउँदैनन् । सदस्यमा अर्चाना अमात्य, शिवगोपाल थापा, सीता ढकाल, हिरादेवी पोखरेल, रामेश्वर श्रेष्ठ छन् । लेखा समिति संयोजक रामचन्द्र अर्याल हुन् ।
महासचिव काफ्लेले उपभोक्ता संघलाई सक्रिय बनाउन नसकिएको स्वीकार्छन् । उनी संघका विषयमा बोल्न रुचाउँदैनन् । कोषाध्यक्ष चौलागाई हाल राष्ट्रिय सहकारी महासंघको सञ्चालक छन् । तर आफू आवद्ध भएको केन्द्रीय संघको साधारणसभा गराउन कुनै भूमिका खेलेका छैनन् ।
सहकारी विभागको २०७४ को तथ्यांक अनुसार १ हजार ४ सय २३ वटा उपभोक्ता सहकारी छन् । त्यसयता विभागले विषयगत सहकारीको तथ्यांक प्रकाशन गर्न सकेको छैन । १ सय ७२ वटा उपभोक्त सहकारी मात्रै संघमा आबद्व छन् । त्यसमध्ये पनि १ सय ४५ वटा संस्थाले मात्रै उपभोक्ताका काम गरेका छन् । अन्य अधिकांश सहकारी निश्क्रिय छन् ।
केही उपभोक्ता सहकारीले चलाएका डिपार्टमेन्ट स्टोर, मार्ट, उपभोक्ता पसल उदाहरणीय छन् । संघ स्थापना भएको ३ दशक भइसकेको छ । संघले सहकारीको क्षमता अविभृद्वि गर्ने, उपभोक्ता सहकारीको हितका लागि प्रवद्र्वन गर्ने, बहस पैरबी गर्ने काम गर्न नसकेको उपभोक्ता सहकारीकर्मीको गुनासो छ ।
केन्द्रीय संघको साधारणसभा नभएको वर्षौै बितिसक्दा पनि नियायमक निकाय सहकारी विभागले कुनै कारवाही गर्न सकेको छैन । तर, पछिल्लो समयमा साधारणसभा नगर्ने सहकारीलाई स्पष्टीकरण सोधेको छ। सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले समेत पछिल्लो समयमा साधारणसभा गर्न दवाव बढाएको छ । साधारणसभा नगर्ने संघहरुको सदस्यता खारेज गर्ने चेतावनी दिइरहेको छ ।
Leave a comment