सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त

सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्कालाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले आइतबारदेखि कार्यभार समाल्ने गरी नियुक्त गरेका हुन् ।

बैंकका अध्यक्ष केबी उप्रेती सहित संञ्चालक, प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, उच्च व्यवस्थापनका कर्मचारी लगायतको उपस्थितिमा नव–नियूक्त डिजिएम खड्कालाई स्वागत  गरिएको थियो ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर–१, दुवाकोट निवासी खड्का २९ वर्ष देखी बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका छन् । नविल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव छ ।

टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंकमा उनी नायव महाप्रवन्धकको रुपमा कार्य गरेको उनीसँग अनुभव छ । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का २९ वर्षे बैंकिङ करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव छ ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले स्वागत गर्दै यस अघिको बैकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

नवनियूक्त नायव महाप्रबन्धक खड्काले राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक प्रविधि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैंकिङ क्षेत्रमा हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्ने बताए ।



Leave a comment