काठमाडौं । सहकारीको ब्याजदर तय गर्न फेरि प्राविधिक समितिले अध्ययन गर्ने भएको छ । पूरानो तथ्यांकका आधारमा ब्याजदर बढाउने आधार नदेखिए पछि प्राविधिक समितिको बैठकले माघ र फागुनको तथ्यांक लिने भएको छ ।
ब्याजदर निर्धारण समितिका सदस्य एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले महासंघले १७ प्रतिशत अडान कायमै राखेको बताए । तर सरकारले १६ आसपासमा ब्याजदर निर्धारण गर्ने देखिएको छ ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितका अनुसार राष्ट्र बैंकले दिएको तथ्यांक पुससम्मको मात्रै भएकाले निर्णयमा पुग्न नसकिएको बताए । ‘माघ, फागुनमा धेरै फेरबदल भएकाले प्राविधिक समितिले बजारको अध्ययन गर्ने छ ।’
माघको तथ्यांक आउन अझै फागुन २२ गते पर्खनुपर्ने भएको छ । अब प्राविधिक समितिले नै अध्ययन गर्ने छ । पुससम्मको तथ्यांक अनुसार साढे १५ प्रतिशत मात्रै निस्किएको छ । तर, राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत बनाउन माग गर्दै आएको छ ।
रजिष्ट्रार पण्डितले पछिल्लो समयमा ब्याजमा धेरै फेरबदल भएकाले बजारको अध्ययन गरेर मात्रै निर्णय हुने छ । प्राविधि समितिको शुक्रबार ८ बजे बैठक बस्ने भएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक दिउँसो २ बजे बस्ने भएको छ ।
Leave a comment