हाइलाइट

आज सन्दर्भ ब्याजदरको बैठक बस्दै 

आज सन्दर्भ ब्याजदरको बैठक बस्दै  :: Sahakari Akhabar

काठमाडौं । सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक आज बस्ने भएको छ । आज दिउसो एक वजे संघिय सहकारी विभाग नयाँबानेश्वरमा समितिको बैठक बस्ने तय गरिएको हो । यसअघि मंगलबार बसेको बैठकमा प्राविधिक उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन प्रस्तुत भएपछि समिति सदस्यहरुले अध्ययनका लागि समय मागेपछि बैठक आजका लागि स्थगित गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धिसँगै सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउनुपर्ने मागसहित सहकारीकर्मीहरुले दवाव दिदै आएका छन् । मंगलबार विभागमा समितिको बैठक चलिरहदा बाहिर भने उपत्यकाका सहकारीकर्मीहरुले धर्ना समेत दिएका थिए ।

तर, विहिबार भने धर्ना कार्यक्रम नगर्ने र आजको बैठकबाट पनि ब्याजदर नतोकिए बेलुकी राष्ट्रिय सहकारी महासंघमा बैठक बसी निर्णय गर्ने तयारी भएको एक सहकारीकर्मीले जानकारी दिए।

हाल सहकारीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत रहेको छ । महासंघले सन्दर्भ व्याजदर १७ प्रतिशत तोक्न विभागमा सुझाव दिइसकेको छ । तर, अर्थमन्त्री जनादर्न शर्मा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलगायत ब्याज बढाउन सहमत नभएपछि रजिष्ट्रारले कुनै निर्णय गर्न सकेका छैनन् ।



Leave a comment