काठमाडौं । सन्दर्भ व्याजदरको बिवादले यतिबेला सहकारी अभियान तात्तिएको छ । राजनीतिक दलका नेता, मन्त्रीतथा रजिष्ट्रारलाई मनाउनकालागि सहकारी नेताहरु दौड धुप गरिरहेका छन् ।
राष्ट्रिय सहकारी महासंघमा दिनहुँ जसो बैठक पनि बसिरहेको छ । तर, महासंघका डेलिगेसनदेखि स–सानाकार्यक्रममा समेत सक्रियहुने निवर्तमानअध्यक्ष केशवप्रसाद बडाल सन्दर्भ ब्याजदरको विवादमाभने देखिएका छैनन् ।
सन्दर्भ ब्याजदर बढाउन मागगर्दै महासंघले अर्थमन्त्रीजनादर्न शर्मा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र नव नियुक्त रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाएको छ । तर, महासंघको टोलीमा बडाल सहभागि भएनन् ।
यसैगरी महासंघले दुई पटक जिल्ला र केन्द्रीय संघका नेतृत्वसँग समेत सन्दर्भ ब्याजदरका विषयमा छलफल समेत गरिसकेको छ । यी छलफलमा पनि बडाल सहभागी नभएको बैठकमा सहभागी एक सहकारीकर्मीले बताए ।
सन्दर्भ व्याजदर लागू भएलगत्तै विरोध गर्नेहरुलाई ‘ओरेन्टलका छाउरा’भनेर भाषण गरेपछि विवादमाआएका बडाल यसवर्ष भने विवादमा पर्ने डरले मौन बसेका छन् । यसैगरी सन्दर्भ ब्याजदर सम्बन्धी छलफल, भेटघाट, धर्नालगायतका कार्यक्रममा देखिएका छैनन् ।
पछिल्लो पटक बडाल झापाको मेची बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सव कार्यक्रममा भने सहभागि भएका थिए । महासंघमा निवर्तमान भएपछि पनि उनी महासंघका कार्यक्रममा सक्रियहुने र स–साना कुरामापनि बडालको निर्णय लागू हुने गरेको महासंघकै संचालकले बताउदै आएका छन् ।
महासंघका गतिविधिमा अध्यक्ष मिनराज कडेँल भन्दा बडाल नै हावी हुने गरेको र महाप्रवन्धक चित्राकुमारी थामसुहाङले समेत बडालकै निर्देशन अनुसार मात्र काम गर्ने गरेको संचालकहरु बताउछन् । यसअघि बडाललाई निवर्तमान अध्यक्षका रुपमा छुट्टै कोठा दिने विषय पनि महासंघमा विवादीत भएको थियो ।
Leave a comment