मंगलबार सहकारी विभागमा देखिएका दुई फरक दृश्य:

मंगलबार सहकारी विभागमा देखिएका दुई फरक दृश्य: :: Sahakari Akhabar

एकातर्फ ब्याज बढाउने, अर्कोतर्फ बचत फिर्ता माग्नेको धर्ना

काठमाडौं । संघिय सहकारी विभाग नयाँबानेश्वरमा मंगलबार दुई फरक—फरक दृश्य देखियो । सन्दर्भ व्याजदर बढाउन केहि सहकारी संघसंस्थाका संचालक तथा कर्मचारीहरुले धर्ना दिइरहेका बेला सहकारी संस्थाले नै बचत फिर्ता नदिएको गुनासो बोकेर पिडित सदस्यहरु पुगेका थिए ।

मंगलबार सन्दर्भ व्याजदर निर्धारण समितिको बैठक बस्नुअघि उपत्यकाका सहकारीकर्मीहरु विभागमा ब्याजदर बढाउन धर्नामा बसिरहेका थिए । त्यहि बेला काठमाडौंको बौद्ध टुसालस्थित अक्षता बचत तथा ऋण सहकारीले पैसा फिर्ता नदिएर पिडित भएका सर्वसाधारणहरु पनि  विभागमा पुगेका थिए ।

हुन त आजभोली सहकारी विभागलगायत प्रदेश र स्थानिय तहका सहकारी रजिष्टारको कार्यालयमा सहकारीले पैसा फिर्ता दिएन भनेर पुग्ने सर्वसाधारणको संख्या बढिरहेको छ । तर, मंगलबारको दृश्य भने रोचक नै भयो किनकी व्याजदर बढाउनुपर्छ भनेर सहकारी संचालकहरुले धर्ना दिइरहेका बेला संचालकले नै पैसा फिर्ता दिएन भनेर गुनासो लिएर सहकारीकर्मी पुगेका थिए ।

ब्याजदर बढाउने दवाव दिन पुगेका सहकारीकर्मीहरुले सहकारीबाटै पिडित सदस्यको गुनासो मात्र सुने । उनीहरुसँग सर्वसाधारणको समस्या समाधानको कुनै उपाय पनि त थिएन । सहकारीहरुमा संस्थागत सुशासन कमजोर भएपछि पछिल्लो समयमा समस्याग्रस्त सहकारीहरुको संख्या बढिरहेको छ । जसका कारण सहकारी अभियानको छवि नै कमजोर बन्दै गइरहेको छ । जसलाई मंगलबार विभागको दृश्यले पनि पुष्टि गरेको छ । 



Leave a comment