निर्वाचन गर्नुपर्छ भन्नेमा कसैको ध्यान गएन

निर्वाचन गर्नुपर्छ भन्नेमा कसैको ध्यान गएन :: Sahakari Akhabar

ललितपुर । ललितपुर कृृषि सहकारी संघ च्याउ जिल्ला सहकारी संघसँग मर्जपछि अधिवेशन गर्नुपर्नेमा कसैको ध्यान पुगेन । मैले साधारणसभा गर्ने मिटिङको माइन्युटमा  हस्ताक्षर गरेको छुँ।

एकीकरणको प्रावधान अनुसार अधिवेशन सहितको साधारणसभा होला भन्ने लागेको थियो, पछि मात्रै नियमित साधारणसभा गर्ने कार्यक्रम रहेको थाहा भयो । त्यसपछि निर्वाचन सहितको साधारणसभा गर्नुुपर्छ भन्ने उजुरीमा पनि हस्ताक्षर गरेको हो ।

म सहित सञ्चालक काशिनाथ सापकोटा र कृष्ण सञ्जेलले पहिला साधारणसभामा गर्ने माइन्युटमा हस्ताक्षर गरेपनि पछि निर्वाचन पनि गर्नुपर्छ भनेर हस्ताक्षर गरेका हौं । खाना पकाउन सबैलाई आउँछ ।

कहिलेकाँही पकाउन जान्दा जान्दै पनि काँचो हुने, डड्ने, बिग्रने हुन्छ । त्यस्तो अवस्थामा खाना पकाउनै नजानेको भन्न मिल्दैन । हाम्रो संघमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त विद्धान मित्रहरु हुनुहुन्छ ।

तर, पनि प्रक्रिया पुरा गर्नेमा कसैको ध्यान गएन । सञ्चालक समिति सर्वसम्मतमा चयन गरेपनि निर्वाचनको प्रक्रियामा जानैपर्छ । त्यसमा हामी चुकेका छौं । अधिवेशनपछि मात्र कार्यसमिति बैधानिक हुन्छ ।

हामी अहिले त्यहि प्रक्रिया पुरा गर्नपर्छ भनेर लागेका छौं । अहिलेको नेतृत्वले मृत संघलाई जीवन्तता दिएको हो । ताला लगाएको संघ अहिले सक्रिय छ । (संचालक कार्कीले सहकारी अखबारसँग गरेको कुराकानीमा आधारित)



Leave a comment