हाइलाइट

नमुना सहकारीको १ करोड ९० लाख हिनामिना, दुई कर्मचारी पक्राउ

नमुना सहकारीको १ करोड ९० लाख हिनामिना, दुई कर्मचारी पक्राउ :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीको एक करोड ९० लाख रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षीय सविलाल राजवंशी र सह–लेखापाल धनपालथान–६ का ५५ वर्षीय राजकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो । दुवै जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्ठले बताए ।

सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले लेखापरीक्षण प्रतिवेदनले भ्रष्टाचार भएको देखिएको बतए । लेखापरीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीले छानबिन समिति बनाइएको थियो ।

धनपालथान–४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि रकम घोटाला भएको ठहर गरेको छ । उनका अनुसार लेखापाल सविलालले १ करोड ११ लाख ६२ हजार र सह–लेखापाल राजकुमारले ७८ लाख १७ हजार चार सय २८ रूपैयाँ घोटाला गरेको खुलेको छ ।

उपाध्यक्ष सर्वेलालले भने, ‘सहकारीमा केही समयअघिदेखि नै रकम घोटालाको आशकां गरिएको थियो । लेखापरीक्षण प्रतिवेदन र छानबिनबाट पनि अनियमितताको पुष्टि भयो । दुवै जनालाई बारम्बार रकम जम्मा गर्न आग्रह गर्दा पनि नमानेपछि प्रहरीमा जाहेरी दियौँ ।’

२०३५ सालदेखि सञ्चालित पाँच सय १० जना सेयर सदस्य रहेको सहकारीका अध्यक्ष गुलावचन मण्डल हुन् । मण्डल धनपालथान–३ का वडाध्यक्ष पनि हुन् । सरकारीले  मिल गरेको छ । सहकारीले सनपाटको खरिदबिक्री र बालुवा तथा गिट्टी ढुवानीको काम गर्दै आएको थियो ।

धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवम् बिक्रीका क्रममा हिनामिना गरेको पाइएको छ  । बचतकर्ताको रकमसमेत आफूखुसी चलाएर फिर्ता नगरेको सहकारीका जिल्ला प्रतिनिधि बासु राय बताउँछन् ।

कोरोना महामारीका कारण सहकारी दुई वर्षदेखि बन्द छ । रकम घोटालाको विषय आएपछि तत्काललाई सञ्चालन गर्न नसकिएको बासुले बताए । उनका अनुसार रकम घोटालाको विषय बाहिरिएपछि लेखापाल सविलालले राजीनामा दिएका थिए ।

तर उनको राजीनामा स्वीकृत भइसकेको छैन । उनी सहकारीका सेयर सदस्य हुन् । तर दुई पटकसम्म साधारणसभामा उपस्थित नभएको बासुले बताए । ‘रकम घोटाला गरेर लामो समयदेखि विवादरहित ढंगबाट सञ्चालनमा रहेको सहकारीको बदनाम गरियो,’ उनले भने, ‘बचतकर्ताको रकम विस्तारै तिर्दै जाने योजना बनाएका छौँ ।

उनका अनुसार सरकारीको नाममा धनपालनाथान–२ मा दुई कट्ठा दुई धुर, धनपालथान–६ मा चार कट्ठा र धनपालथान–४ मा १२ कट्ठाजति जग्गा छ । अर्को विकल्प नभएका कारण जग्गा बिक्री गरेर भए पनि बचतकर्ताको रकम भने फिर्ता गरिने बासुले जानकारी दिए ।



Leave a comment