सहकारी विभागको रजिष्ट्रारमा पण्डित

सहकारी विभागको रजिष्ट्रारमा पण्डित :: Sahakari Akhabar

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितलाई पठाउने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रहेका पण्डित केही दिनअघि सरुवा भएर मन्त्रालयमा आएका थिए ।

मन्त्रालयले आइतबार निर्णय गरेको हो । पण्डितले सोमबारदेखि सहकारी विभागमा पदबहाली गर्ने छन् । कुशल प्रशासकका रुपमाम चिनिएका पण्डित यस अघि गृह मन्त्रालयमा उपसचिवमा कार्यरत रहेकोमा हालै मात्र सहसचिवमा बढुवा भएका हुन् ।

यससँगै करिब चार महिना रजिष्ट्रारको जिम्मेवारीमा रहेका झलकराम अधिकारीको संघीय मन्त्रालयमा सरुवा भएको छ । अधिकारीले जाँदाजाँदै आइतबार सहकारी संघसंस्थाका लागि ८८ बुँदे निर्देशन जारी गरेका छन् ।

अधिकारीले सामाजिक सञ्जालमा लेख्दै  भारी मनका साथ विभाग छोडेर जानुपरेको बताएका छन् । ‘जति रहे सहकारी सुशासन कायम गर्ने तर्फ मेरो इमान्दार प्रयास रहे’ उनले लेखेका छन् ।
सहकारी बिभागबाट टाढा रहनु पर्ने भएपनि सहकारी मन प्रती सधै आभारी रहेका उनले चर्चा गरेका छन् ।

करिब चार महिनामा धेरै सिक्ने मौका पाएको उनले उल्लेख गरेका छन् । ‘सहकारी मनबाट कहिल्यै ताढा रहने छैन, सबै प्रती अनुग्रह र आभार व्यक्त गर्छु’ उनले फेसबुकमा लेखेका छन् ।सहकारी सुशासनका लागि ८८ बुदे निर्देशन सहित कार्यान्वयनको अपेक्षा राखेको उनले बताएका छन् ।
 



Leave a comment