काठमाडौं । रजिष्ट्रार झलकराम अधिकारी सहकारी विभागबाट बिदा लिँदालिदै मन दुखाएर जानुपरेको गुनासो पोखेका छन् । उनले सामजिक संजाल (फेसबुक) पेजमा आफु सहकारी विभागलाई छोडेर जाँदै गर्दा मन भारि पारेर जानु परेको बताएका छन् ।
उनले लेखेका छन् ‘प्रिय सहकारी बिभाग आज देखी भारी मन का साथ तिमिलाई छोडेर जादै छु । जति रहे सहकारी सुशासन कायम गर्ने तर्फ मेरो इमान्दार प्रयास रहो । माफ मागे केही कुरामा अन्तर्मनले सम्झौता गर्न दिएन, र म सहकारी बिभागबाट टाढा रहनु पर्ने भो ।
तैपनि मलाइ सहयोग गर्ने तमाम सहकारी मनप्रती सधै आभारी छु । करिब चार महिनामा धेरै सिक्ने मौका पाए । सहकारी मनबाट कहिल्यै टाढा रहने छैन । सबैप्रती अनुग्रह र आभार व्यक्त गर्छु । सहकारी सुशासनको लागि ८८ बुदे निर्देशन सहित कार्यान्वयनको अपेक्षा राखेर तिमिलाई छोडर जाँदै छु’ ।
चार महिनाको जिम्मेवारी पूरा नगर्दै रजिष्ट्रार अधिकारी सहकारी विभागबाट सरुवा भएका छन् । अधिकारीले कार्तिक पहिलो साता विभागको जिम्मेवारी सम्हालेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी विभागका रजिष्ट्रार अधिकारीसहित ३२ सहसचिवको एकै पटक सरुवा तथा पदस्थापन गरेको हो ।
Leave a comment