काठमाडौं । बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त भएका छन् । सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उक्त मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।
यस अघि निरौला प्रदेश १ सहकारी रजिष्ट्रारको कार्यालयमा रजिष्ट्रार थिए । उपसचिवबाट सह–सचिवमा बढुवा भएसँगै निरौलाले बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा जिम्मेवारी पाएका हुन् ।
निरौलाले सहकारीका नियामक निकायहरुमा विभिन्न तहमा रहेर काम गरेको लामो अनुभव छ । तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाण्डौ र ललितपुरमा समेत निरौलाले डिभिजन प्रमुख भएर काम गरेका थिए भने सेवाका दौरानमा विभिन्न जिल्लामा सहकारी हेर्ने निकायमा रहेर काम गरेका छन् ।
Leave a comment