बिराटनगर । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन । मुख्यमन्त्री राईले भूमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगामलाई नियुक्त गरेका हुन् ।
गत असोज १६ गते गठन भएको सरकारलाई मुख्यमन्त्री राईले १ राज्य मन्त्रीसहित १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन । यसअघिका शेरधन राई र भीम आचार्य नेतृत्वको दुईवटा सरकारले बनाएको भन्दा दोब्बर संख्यामा प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बनाएर मुख्यमन्त्री राईले रेकर्डसमेत कायम गरेका छन । राई र आचार्यले ७–७ सदस्सीय मन्त्रीमण्डल बनाएर नेतृत्व गरेका थिए ।
आज विस्तार भएको मन्त्री मण्डलमा संघीय सरकारको झल्को दिने गरी राईले सत्तारुढ पाँच दलीय गठबन्धनका सदस्यलाई समेटेर जम्बो मन्त्रीमण्डल बनाएका हुन । मुख्यमन्त्री राईले सार्वजनिक गरे अनुसार मुख्यमन्त्रीमा राई स्वयंलाई थप कुनै जिम्मेवारी नलिई आर्थिक मामिला तथा योजना मन्त्रीः इन्द्रबहादुर आङ्गबो, सडक पुर्वाधार तथा सहरी विकास मन्त्रीमा हिमाल कार्की रहेका छन् ।
त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, स्वास्थ्य मन्त्रीमा जयराम यादवलाई नियुक्ति तथा जिम्मेवारी बाँडफाँड गरेका छन । यसैगरी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रीमा रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु तङ्गवा लिम्बु नियुक्ति गरेका छन् ।
कृषी मन्त्रीमा झलकबहादुर मगरसहित बन, वातावरण तथा भु–संरक्षण मन्त्रीमा शेखरचन्द्र थापालाई जिम्मेवारी तोकेका छन भने उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्रप्रसाद घिमिरेलाई नियुक्ती गरेको सार्वजनिक गरेका छन । प्रदेश १ को एक मात्र राज्यमन्त्रीमा बिष्णु तुम्वाहाम्फे नियुक्ती भएकी छिन भने उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

Leave a comment