गैर बैक वित्तीय संस्थाको सूचिमा सहकारी बैंक, नियमन गर्न छुट्टै विभाग गठन

गैर बैक वित्तीय संस्थाको सूचिमा सहकारी बैंक, नियमन गर्न छुट्टै विभाग गठन :: Sahakari Akhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई गैर बैक वित्तीय संस्थाको सूचिमा राखेको छ । राष्ट्र बैंकले नियमन गर्न पनि छुट्टै विभाग गठन गरेको छ । राष्ट्रिय सहकारी बैंकको निरिक्षण, सुपरीवेक्षण र अनुगमनका लागि गैर बैक वित्तीय संस्था सुपरीवेक्षण विभाग गठन गरेको हो । राष्ट्र बैंकको व्यवस्थापन समितिको माघ १३ गतेको निर्णय अनुसार नियमनकालागि गैर बैक वित्तीय संस्था सुपरीवेक्षण विभाग गठन गरिएको हो । उक्त विभागबाट विदेशी विनियम कारोबार गर्न इजाजत प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्न अनुमति प्राप्त कम्पनीहरु, हाइड्रो इलेक्ट्रिसिटि इष्टमेन्ट कम्पनीको समेत नियमन  हुनेछ ।



Leave a comment