स्थिरीकरण  कोष कार्यान्वयनको विकल्प छैन : रजिष्ट्रार अधिकारी

स्थिरीकरण  कोष कार्यान्वयनको विकल्प छैन : रजिष्ट्रार अधिकारी :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम  अधिकारीले स्थिरीकरण कोष कार्यान्वयनको विकल्प नभएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कून) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चैत्रभित्र सम्पूर्ण आन्तरिक काम सम्पन्न गरेर चैत्रदेखि पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

‘तुरुन्तै कार्यान्वयनमा ल्याउनुपर्छ, समस्यामा परेका सहकारीलाई स्थिरीकरण कोषले टेवा दिन्छ’ उनले भने । समस्यामा परेका सहकारीलाई कसरी समन्वय गर्ने भन्ने विषयमा कोष महत्वपूर्ण हुने उनको भनाइ छ । समस्यामा परेका संस्थाको बर्गीकरण गरी समस्या हल गर्न सकिने उनले बताए ।

‘कार्यविधिमा समसामयिक सुधार गर्न सकिन्छ । ’ उनले भने,‘स्थिरीकरण कोषको प्रभावकारीता कसरी बनाउने भन्नेमा हामी सबै लाग्नुपर्छ ।’ रजिष्ट्रार अधिकारीले स्थिरीकरण कोषको थ्रेस होल्ड घटाएर वा आबद्ध संख्या बढाएर जान सकिने बताए ।

‘१० करोडको थ्रेसहोल्ड घटाएर जाँदा प्रक्रिया लाग्ला,‘कोष कार्यान्वयन गर्नुको विकल्प छैन’ उनले भने ।  प्रभावकारी ढंगले चलाउनुका साथै समन्यायिक बनाउनुपर्नेमा उनले जोड दिए । चैत्रदेखि कार्यान्वयन गर्न नेफ्स्कूनले अग्रसरता देखाउनुपर्ने र त्यसमा विभागले सहयोग गर्ने रजिष्ट्रार अधिकारीले बताए ।

‘सहकार्य र साझेदार गर्न हामी तत्पर छौं । बचत तथा ऋणलाई मुलधारमा ल्याउन कोषले सहयोग गर्छ’ उनले भने,‘आपसी विश्वासका आधारमा हामी अघि बढ्न सक्छौं ।



Leave a comment