सहकारीमा शंकास्पद कारोबार खोजिदै

सहकारीमा शंकास्पद कारोबार खोजिदै :: Sahakari Akhabar

काठमाडौं । सहकारीको शंकास्पद कारोबार खोजि भइरहेको छ । सहकारीमा कालोधन प्रयोग भइरहेको आशंका भइरहेका बेला सम्बन्धीत निकायले कालोधनबारे चासो व्यक्त गरेका हुन् । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले सहकारीमा कारोबार गरेका केही व्यक्तिको यकिन बिवरण खोजी गरेको हो ।

उसले सहकारी विभागलाई पत्राचार गरी चार जना व्यक्तिको सहकारीमा भएको बिवरण मागेको हो । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले सहकारी विभागलाइ पत्रचार गरी बिवरण मगाएको छ । विभागले काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्रका सहकारीलाई पत्राचार गर्दै ती व्यक्तिहरुको सेयर लागनी रकम तथा कारोबर, कसुर र सजायको विवरण मागिएको छ । पत्र प्राप्त भएको मितिले ७ दिनभित्र विवरण पठाउन भनिएको छ ।

महानगरले सीतापाइलका महेश्वरप्रकाश श्रेष्ठ, ताहाचलका आनन्दप्रसाद सुवेदी, ताहचलकै सिपिका पाण्डे र पर्वत जिल्लाका गोपालादेवी रिजालको सहकारीको कारोबारको यथार्थ विवरण मागेको हो । महानगरले माघ ९ गते कार्यक्षेत्र भित्रका सबै सहकारीलाई पत्राचार गर्दै विरण पठाउन निर्देशन जारी गरेको हो । महानगरले सम्पत्ति सुद्धिकरण विभाग र सहकारी विभागलाई बोधार्थ पठाएको छ ।

विभागीय प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सबै सहकारीलाई पत्र काटेका हुन् । पोखरेलले सहकारी अखबारसँग कुरा गर्दै शुक्रबारसम्म कुनै सहकारीले ती व्यक्तिको कारोबार विवरण नपठाएको बताए । ‘आएपछि सम्बन्धीत निकायमा लेखिपठाउँछौं’ उनले भने,‘यदी कसैले पठाएन भने, आएन भनेर लेखिपठाउँछौैं ।

सम्पत्ति सुद्धिकरण ऐन २०७४ आएपछि सहकारीमा पनि निर्देशिका जारी भएको छ । तर त्यस अनुरुप अधिकांश सहकारीले प्रयोग गरेका छैनन् । काठमाडौं महानगर सहकारी विभाग प्रमुख पोखरेलले कार्यक्षेत्र भित्र रहेका १ हजार ८ सय सहकारीमध्ये करिब ३ सय सहकारीले फोकल पर्सन तोकेको भने पठाएको बताए ।



Leave a comment