काठमाडौं । राष्ट्रिय सहकारी महासंघले निश्क्रिय संघको सदस्यता खारेज गर्ने भएको छ । संघले निश्क्रिय रहेको २२ वटा संघको सदस्यता खारेज गर्न सूचना प्रकाशन गरेको हो । संघले ३५ दिने सूचना प्रकाशन गरि संघ नियमित गर्न नसक्नुको कारण सहित स्पष्टिकरण दिन समेत भनेको छ ।
त्यसैगरी महासंघलाई भुक्तानी गर्न बाँकी सदस्यता शुल्क बुझाउन भनेको छ । महासंघले लामो समयदेखि बार्षिक सेवाशुल्क बुझाउन बाँकी तथा साधारण सभामा निरन्तर अनुपस्थित भएका संघहरुलाई सूचना जारी गरेको हो ।

Leave a comment