सहकारीमा खटिने ब्यक्तीहरुले अग्रपंतिमा खोप लगाउन पाउने

सहकारीमा खटिने ब्यक्तीहरुले अग्रपंतिमा खोप लगाउन पाउने :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा खटिने ब्यक्तीहरुले अग्रपंतिमा खोप लगाउन पाउने भएका छन् । सरकारले सहकारी क्षेत्रमा खटिने ब्यक्तीलाई पनि अग्रपंक्तिमा खोप लगाउन निर्देशन दिएको छ । सहकारीमा काम गर्ने  ब्यक्तीहरु अग्रपंतिमा खटिने समुहमा पर्ने जनाएको छ ।

त्यसैगरी सहकारी संस्था सार्वजनिक क्षेत्र भित्र पर्ने जनाइएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सहकारी विभागलाई पत्रचार गरीसहकारी संस्थामा काम गर्ने तथा सहकारीमा आवद्धलाई बुष्टर मात्रा खोप लगाउनकालागि समन्वय गर्न भनेको छ ।

मन्त्रालयले अग्रपंतिमा खटिने तथा सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तीहरुलाई कोभिड १९ विरुद्ध खोपको बुष्टर मात्रा दिनकोलागि सम्वन्धित निकायलाई पत्रचार गरि खोप दिन सुरु गरिसकिएको जनाएको छ । मन्त्रालयले सहकारी संस्था सार्वजनिक क्षेत्र र यसमा काम गर्ने व्यक्तीलाई अग्रपंतिमा खोप दिन भनेको हो ।

पछिल्लो समय सहकारीमा आवद्ध व्यक्तीहरुले समयमा खोप लगाउन नपाउँदा सहकारीका निकायको बिरोध भएको थियो । सहकारीका कर्मचारीले कार्यालय खोलेर सेवा दिन पाएका थिएनन् । सहकारीका निकायले राज्यसंग समन्वय नगर्दा सहकारीमा आवद्धहरु समयमा खोप लगाउनबाट बञ्चित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने महाशाखाले जनाएको छ । गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको थियो ।



Leave a comment