सहकारी महासंघले पाँचलाख अनुदान दिएको श्रमिक सहकारीको कोप रेष्टुरेन्ट बिक्रीमा

सहकारी महासंघले पाँचलाख अनुदान दिएको श्रमिक सहकारीको कोप रेष्टुरेन्ट बिक्रीमा :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको पहलमा स्थापना भएको स्वाबलम्वन श्रमिक सहकारीले संचालन गरेको कोप रेष्टुरेन्ट बिक्रिमा राखेको छ ।

कोप ल्याण्डले सामाजिक संजाल (फेसबुक) मा सम्पूर्ण बिबरण सहित रेष्टुरेन्ट विक्रिमा राखि सम्पर्क नम्वर समेत दिएको छ । दुई वर्ष अघि राष्ट्रिय सहकारी महासंघका तत्कालिन अध्यक्ष केशव प्रसाद बडालले संस्थाको प्रथम बार्षिक साधारण सभामा पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।

अनामनगरमा रहेको संस्थाले मैतिदेवीमा कोप रेष्टुरेण्ट एण्ड बार संचालन गरेको हो । संस्थाको प्रथम साधारण सभाको अवसरमा संस्थाले रेष्टुरेण्टको उद्धघाटन गरेको हो ।

२६ जना श्रमिकहरुबाट शुरु भएको संस्थामा विभिन्न रेष्टुरेण्टमा काम गर्ने श्रमिकहरु सदस्य रहेको संथाका अध्यक्ष मिलन मल्लले जानकारी दिएका थिए । संस्थाले ६० लाखको लागतमा रेष्टुरेण्ट सुरु गरेको थियो ।

महासंघका तत्कालिन बरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डे सञ्चालक रमेश प्रसाद पोखरेल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनालको सहभागिता रहेको थियो ।


 




Leave a comment