आन्दोलन जारी रहेको असन्तुष्ट पक्षको दावी

आन्दोलन जारी रहेको असन्तुष्ट पक्षको दावी :: Sahakari Akhabar

साधारण सभा नगर्न जिल्ला अदालतको आदेश

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नवौं बार्षिक साधारण सभा स्थगीत भएको छ ।

जिल्ला अदालत ललितपुरले कोभिड १९ तिब्ररुपमा फौलिइरहेको अवस्थालाई मध्यनजर गर्दै संघको आज तोकिएको निर्वाचन सहितको साधारण सभा नगर्नु नगराउनु भन्ने आदेश भएकोले सभा रोकिएको जनाएको छ ।

संघको असन्तुष्ट पक्षले सूचना प्रकाशन गरि अदालतको आदेशलाई सम्मान गर्दै तत्काललाई सभा रोकिएपनि आन्दोलन नसकिएको बताएको छ ।

साथै सहकारी अभियानमै नकरात्मक असर पर्ने गरी भएको कार्यलाई रोक्न बहुउद्देश्यीय सहकारीकर्मीलाई एकजुट हुन समेत भनेको छ ।

संघले मंसिर ८ गते बैठक बसि पुष २९ गते निर्वाचन सहितको नवौं बार्षिक साधारण सभाको मिति तय गरेको थियो । सदस्यतामा विवादका कारण साधारणसभा रोकिएपछि दुई पक्षबिच साधारण सभा गर्ने र नगर्ने विषयमा बिबाद भएको हो ।

सभा स्थगीत भएपछि सहकारी विभागले पुस २३ गते निर्देशन पत्र जारी गर्दै संघको पुस २९ गते तोकिएको निर्वाचन सहितको नवौ साधारण सभा तोकिएको मितिमा गरेर पुस मसान्त भित्रै विभागमा जानकारी दिन निर्देशन दिएको थियो ।

संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएपछि असन्तुष्ट पक्षले सभा स्थगीत भएको जनाएको हो ।




Leave a comment