अदालतको आदेश पछि संघको साधारणसभा रोकियो 

अदालतको आदेश पछि संघको साधारणसभा रोकियो  :: Sahakari Akhabar

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको निर्वाचन सहितको नवौं साधारणसभा रोकिएको छ । विवादका बीच पनि साधारणसभाको तयारीमा रहेको संघको अन्तिम चरणमा आएपछि अदालतले सभा नगर्न आदेश दिएको हो ।

सदस्या विवाद र कोरोना संक्रमणको कारण देखाउँदै अदालतले साधारण सभा नगर्न आदेश दिएको हो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले संघका उपाध्यक्ष नारायण भक्त श्रेष्ठ समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो । जिल्ला अदालत ललितपुरले संघको ९ औ साधारण सभा स्थगित गर्न आदेश दिएको हो ।





Leave a comment