निजी स्वार्थ पुरा गर्न सहकारी ऐन संशोधन हुन्न  ः सहकारी मन्त्री 

निजी स्वार्थ पुरा गर्न सहकारी ऐन संशोधन हुन्न  ः सहकारी मन्त्री  :: Sahakari Akhabar

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशीश्रेष्ठले कसैको निजी स्वार्थ पुरा गर्नका लागि मात्र ऐन संशोधन नहुने बताएकी छन् । उनले संविधानको मुल मर्म, भावना तथा सहकारी दर्शन, सिद्धान्त अनुसार ऐन छैन भने त्यसलाई संशोधन गर्न आफू तयार रहेको बताइन् ।

राष्ट्रिय सहकारी महासघको २९ औं बार्षिक साधारण सभाको मंगलबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन् ‘कुनै ऐन संविधानसँग बाँझिने खालको छ भनेर परिकल्पना गर्न सकिदैन । यदि त्यस्तो छ भने ऐन संशोधनका लागि म तयार छु ।’ मुलुक अध्यादेशबाट चलाउने स्थिति सिर्जना हुन दिनु नहुने समेत बताइन् ।

उनले सहकारीलाई मर्यादित र सुशासित रुपमा संचालन गराउनका लागि राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्ने बताइन् । उनले कोभिड १९को महामारीको कठिन परिस्थितिमा सहकारीले खेलेको भूमिको प्रशंसा समेत गरिन ।

‘तिव्र आर्थिक बृद्धि हासिल गर्न, शोषण रहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले उत्पादन बृद्धि गर्दै मुल्य शृखलामा सहकारीको योगदान हुने देख्छु,’ उनले भनिन् ।

महासंघका अध्यक्ष मिनराज कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघिय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी शुसासन र स्वनियममा केन्द्रीय संघहरुलाई समेत सचेत गराउनुपर्ने अवस्था रहेकाले महासंघको समेत भूमिका आवश्यक रहेको बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशब बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरलले सम्बोधन गरेका थिए । कार्यक्रम संचालक सागर ढकाल र राजेन्द्र पौड्यालले संचालन गरेका थिए । 



Leave a comment