सहकारी अखवार डटकमका का.सम्पादक दाहाललाई सहकारी बैंक पत्रकारिता पुरस्कार

सहकारी अखवार डटकमका का.सम्पादक दाहाललाई सहकारी बैंक पत्रकारिता पुरस्कार :: Sahakari Akhabar

काठमाडौं । सहकारी अखवार डटकमका कार्यकारी सम्पादक खिलानाथ दाहालले सहकारी बैंक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने सहकारी बैंक पत्रकारिता पुरस्कार यो वर्ष दाहाललाई प्रदान गरेको हो ।

बैंकको १८ औं बार्षिक साधारण सभामा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले उक्त पुरस्कार प्रदान गरेका थिए । दाहाललाई सहकारी क्षेत्रको समाचार संकलन तथा सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास प्रवद्र्धन र सामाजिक रुपान्तरणमा योगदान गरेको भन्दै पुरस्कार प्रदान गरेको जनाइएको छ ।

बैंकले हरेक वर्ष विभिन्न व्यक्ती तथा संघ संस्थालाई पुरस्कृत तथा सम्मान गर्ने गरेको छ । यसैक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई सहकारी अभियन्ता सम्मान गरेको छ ।

बैंकका पुर्व लेखा समिति संयोजक कुलचन्द्र अधिकारीलाई पूर्व सञ्चालक सम्मान र डा.रमेश चौलागाई सहकारी बैंक विद्वता सम्मानबाट सम्मान गरेको हो । त्यसैगरी खेमराज पाण्डेय संस्थापक अध्यक्ष सम्मानबाट सम्मानीत भएका छन् ।

त्यस्तै बैंकको लगनखेल शाखा उत्कृष्ट शाखाबाट पुरस्कृत भएको छ भने सूर्यविनायक शाखा प्रमुख दिनेश गेलाले उत्कृष्ट शाखा प्रमुखबाट पुरस्कृत भएका छन् ।

त्यसैगरी श्रवणकुमार नेवा खड्गी उत्कृष्ट सहायकस्तर कर्मचारी र नीर कुमार क्षेत्री उत्कृष्ट सहयोगी कर्मचारी घोषित भएका छन् । सहकारी बैंकले देशभरका सहकारीहरु मध्ये विभिन्न बिधामा उत्कृष्ट जिल्ला संघ तथा संस्थाहरुलाई पुरस्कार प्रदान गरेको छ ।



Leave a comment