हाइलाइट

कानुन विपरित शुल्क असुल्दै जिल्ला संघ मोरङ, प्रदेश संघका अध्यक्षको जिल्ला संघमा तेस्रो पटक उमेदवारी

कानुन विपरित शुल्क असुल्दै जिल्ला संघ मोरङ, प्रदेश संघका अध्यक्षको जिल्ला संघमा तेस्रो पटक उमेदवारी :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी संघ मोरङले सदस्य संस्थाबाट नविकरण शुल्क बापत रकम असुलेको पाइएको छ । संघको चुनावी साधारण सभाको मुखमा आएर सदस्य संस्थाहरुबाट धमाधम शुल्क उठाएको हो ।

संघको पुस २५ गते निर्वाचन सहितको साधारण सभा हुँदैछ । संघले सदस्य संस्थाहरुसंग बार्षिक शुल्कबापत १ हजारका दरले असुल्दै आएको जनाइएको छ । सहकारी ऐनले संघको सदस्यता अनिवार्य लिनुपर्ने भनिएता पनि बार्षिक शुल्क तिर्न नपर्ने ब्यवस्था गरेको छ ।

संघको नेतृत्वकालागि १ नम्बर प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल र जिल्ला सहकारी संघ मोरङका सचिव विरेन्द्र यादवको उमेदवारी परेको छ । डिल्ली पोखरेल हाल संघका पनि अध्यक्ष हुन । सहकारी कानुनले दुइ कार्यकालभन्दा बढी बस्न नपाइने ब्यवस्था गरेको छ । माथिल्लो संघको नेतृत्वमा चयन भइसकेपछि स्वतः तल्लो संघ संस्थाको पद छोड्नुपर्ने कानुनी ब्यवस्था छ ।

सहकारीको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै यादवले संघलाई सबल र सशक्त पार्न नयाँ नेतृत्व चाहिने भएकोले आफूले उम्मेद्वारी दिएको बताए । मोरङ जिल्लामा एक हजार भन्दाबढी सहकारी भएपनि अहिलेसम्म ३ सय ९५ मात्र सहकारी संस्था संघमा आवद्ध रहेको सचिव यादव भने ।

पोखरेलले पुनः उम्मेदवारी दिनुले पद लोलुपता देखिन्छ,’ नव कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक नविन भट्टराईले भने, ‘पटक–पटक सहकारीको नेतृत्वमा आउनु र आफ्नै गठजोडका सहकर्मीलाई मात्र संचालकमा ल्याउनु रहस्यमय छ ।’

सहकारी संस्थालाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने थलोको रुपमा रुपान्तरित गर्दै संस्थाको गतिविधिहरूलाई ओझेलमा पारेको कुराले पोखरेलको उम्मेदवारी विरुद्धमा नयाँ नेतृत्व ल्यानुपर्ने सहकारीकर्मीको भनाइ छ ।



Leave a comment