काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले सहकारीका नेताको चाल थाकेका घोडाको जस्तो भएको बताएका छन् । उनले सहकारी आन्दोलनले पूर्णता पाइसक्यो र गर्न बाँकी केही नरहेको भन्ने भ्रममा नरहन सहकारी नेतालाई आग्रह गरे ।
उनले सहकारीका नेतालाई आन्दोलन पुरा नभएको र सफलता पाउन बाँकी रहेकोले नेताको चाल सुस्त रहेको बताएका हुन् । राष्ट्रिय सहकारी बैंकको १८ औं बार्षिक साधारण सभाको बागमती प्रदेश अन्तर्गत आज भएको सभालाई सम्बोधन गर्दै मुख्य मन्त्री पाण्डेले सहकारी ऐन पूर्णरुपमा अभियानको हितमा आइनसकेको हुनाले आन्दोलन नसकिएको बताएका छन् ।
सहकारीको उत्पादनलाई उत्पतीको प्रमाण पत्र सहकारी महासंघले दिन पाउने ऐनमा गरेको ब्यवस्था लागु गर्न नसकेको बताए । सहकारीका समस्याका बारेमा नितिगत अडान लिन नसकेको र आन्दोलन गर्न सकिएको नबुझिदिन आग्रह गरे ।
उनले सहकारीको प्रवद्र्धन विकास र समस्या समाधानकालागि प्रदेशमा छुट्टै सहकारी मन्त्रालय स्थापना गरेको बताए । २ खर्व पूँजी परिचालन गरेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नियमनलाई कडाइ गर्ने बताए । सहकारीको स्वास्थ्य खराव भएको बताएका छन् ।
कानुनी पाटो कमजोर रहेकोले ०७४ को ऐनले पनि थुप्रै समस्या जस्ताको तस्तै बोकेर आएको बताए । उनले भने “सहकारी क्षेत्र अझै कमजोर छ यसलाई सरकारले चिन्दैन ।” बागमती प्रदेशले सहकारीलाई उत्पादन तथा कृषिमा लगानी गर्न सहुलियत कर्जा प्रदान गर्न लागेकोले सहकारी बैंकले पनि सहकार्य गर्न सक्ने बताए ।
Leave a comment