सहकारी बैंकको सम्मान तथा पुरस्कार सार्वजनिक

सहकारी बैंकको सम्मान तथा पुरस्कार सार्वजनिक :: Sahakari Akhabar

काठमाण्डौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभामा पुरस्कार पाउने व्यक्ति तथा संघ/संस्थातर्फको सम्मान तथा पुरस्कार सार्वजनिक भएको छ । एकाई ७ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रवार भएको पहिलो एकाई साधारण सभामा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका सदस्य विश्वनाथ मण्डलले पुरस्कृत तथा सम्मानित हुनेहरुको नामावली घोषणा गरेका हुन्।

हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष पनि बैंकले घोषणा गरेको छ, बैंकले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अन्तरगत यस वर्ष सहकारी अभियन्ता सम्मान राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, पूर्व सञ्चालक कुलचन्द्र अधिकारी, सहकारी बैंक विद्वताविधामा डा.रमेश चौलागाई, संस्थापक अध्यक्ष/संचालक खेमराज पाण्डेय, सहकारी बैंक पत्रकारिता पुरस्कार पत्रकार खिलानाथ दाहाललाई प्रदान गर्ने भएको छ ।

यस्तै बैंकको शाखामध्येबाट लगनखेलशाखा, कर्मचारीहरु मध्ये अधिकृत तहबाट दिनेश गेलाल (शाखा प्रमुख सुर्यविनायक), सहायक स्तरबाट श्रवणकुमार नेवा खड्गी (शाखा प्रमुख सिन्धुली), सहयोगी स्तरबाट नीरकुमार क्षेत्री (लगनखेल शाखा) लाई पुरस्कृत गरिने भएको छ ।

सहकारी बैंकले देशभरका सहकारीहरु मध्ये राष्ट्रियस्तरमा संघहरु मध्ये जिल्ला सहकारी संघ रुपन्देही,.बचत तथा ऋण सहकारी मध्येबाट लुम्विनी सुनवल बचत तथा ऋण सहकारी संस्था सुनवल, नवलपरासी, राष्ट्रियस्तर बचत तथा ऋण बाहेक पौरखी कृषि सहकारी संस्था दोलखा, राष्ट्रियस्तर महिलाद्वारा संचालित संस्था मध्ये महिला एकता बचत तथा ऋण सहकारी संस्था मकवानपुर रहेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशस्तरमा बचत तथा ऋण तर्फ लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था कैलाली, प्रदेशस्तर बचत तथा ऋण बाहेक जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था बाजुरा रहेका छन् ।

शाखा स्तरमा धनगढी शाखाबाट उत्कृष्ट कारोबार गर्ने नवज्योती कृषि सहकारी संस्था धनगढी, नियमित कारोबार गर्ने राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था धनगढी रहेका छन् । सुदूरपश्चिम प्रदेशस्तर तथा शाखा स्तरको पुरस्कार शुक्रवार नैै वितरण गरिएको छ, भने अन्य पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई सम्बन्धित प्रदेशगत एकाई साधारण सभामा पुरस्कार वितरण गरिने बैकले जनाएको छ ।



Leave a comment