काठमाडौं । सहकारी ऐन २०७४ ले सहकारीलाई नाम अनुसार काम गर्न भनेको छ । बहुउद्देश्यीय सहकारीलाई ७० प्रतिशत मुख्य कारोबार बचत बाहेकको काम गर्न अनिवार्य व्यवस्था गरेको छ । सहकारी ऐन तीन वर्षभित्र कार्यान्वयन गर्ने भनिएको थियो ।
तर अहिलेसम्म उक्त प्रावधान कार्यान्वयन हुन सकेन । कतिपय बहुउद्देश्यीय सहकारीले ऐनको खिल्ली उडाउँदै बचत तथा ऋणमै रमाइरहेका छन् । कतिले प्रावधान पूर्णरुपमा कार्यान्वयन गर्न नसकेपनि बचत बाहेकका काम गर्न सुरु गरेका छन् ।
तर कतिपय बहुउद्देश्यीय सहकारी धमाधम बचत तथा ऋणमा रुपान्तरण भइसकेका छन् । सहकारीका एक अगुवाका अनुसार हजार भन्दा बढी सहकारी बचतमा रुपान्तरण भइसकेका छन् । बचतमा जान निर्णय गरेपनि केहीले नाम फेरिसकेका छैनन् ।
नवकान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनोज भण्डारीले बचतमा रुपान्तरण गर्न निर्णय गरिसकेका थिए । तर पछि बचतमै रुपान्तरण नभई बहुउद्देश्यीयकै काम गर्न उनी जागरुक भएको बताउँछन्। ‘हामीजस्तो मान्छे नामै परिवर्तन गरेर जान हुँदैन’ उनले भने,‘बहुउद्देश्यीयका काम गर्नुपर्छ ।’
सहयात्री, नवकान्तिपुर बहुउद्देश्यीय सहकारीको रुपमा थिए । गत वर्ष नै सहकारी बचतमा रुपान्तरण भइसकेको छ । ऐनको थ्रेसहोल्ड अनुसार काम गर्न चुनौती भएकाले बचतमै फर्किनुपरेको सञ्चालकहरु बताउँछन् ।
विभिन्न ऐनले सहकारी नचिनेकाले बहुउद्देश्यीयको काम गर्न नसकिएको सहकारीकर्मी बताउँछन् । तर कतिपय सहकारीले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरि काम सुरु गरेका छन्। कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक दिलबहादुर महर्जनले बहुउद्देश्यीय सहकारीलाई काम गर्न समस्या भएको अनुभव सुनाउँछन् । उनले पानी उद्योग सञ्चालन गर्न खोजेमा दर्ता हुनै नसकेको बताए । पसल सञ्चालन गर्न पनि दर्तामै समस्या भएको उनले अनुभव सुनाए । ऐनले सहकारीलाई उत्पादनमा जान मुख्य कारोबारको प्रावधान ल्याएको हो । तर त्यस अनुरुप सहकारीले काम गर्न सकेनन् ।
बहुउद्देश्यीय सहकारीहरुले बचत मात्र गरेकाले सरकारले ऐनमै मुख्य कारोबारको मापदण्ड राखेको हो । बहुउद्देश्यीय सहकारीहरुले ३० प्रतिशत मात्रै बचत तथा ऋणको कारोबार गर्न पाउँछन् । ७० प्रतिशत विषय अनुसार कारोबार गर्नुपर्ने कानुनी प्रावधान छ ।
तर सहकारीले सहकारी ऐन अनुसार कारोबार सञ्चालन गरेका छैनन् । सहकारीले बहुउउद्देश्यीय प्रकृतिको काम गरेर सीमामा पुग्न नसकेको नभई बहुउद्देश्यीयका काम गर्न रुची नदेखाएका हुन् । राष्ट्रिय सहकारी महासंघले ४७ वटा कानुन सहकारीमैत्री नभएको बताउँदै आएको छ ।
यी विभिन्न ऐनले सहकारी नचिनेकाले बहुउद्देश्यीयको काम गर्न नसकिएको सहकारीकर्मी बताउँछन् । तर कतिपय सहकारीले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरि काम सुरु गरेका छन् । कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक दिलबहादुर महर्जनले बहुउद्देश्यीय सहकारीलाई काम गर्न समस्या भएको अनुभव सुनाउँछन् ।
उनले पानी उद्योग सञ्चालन गर्न खोजेमा दर्ता हुनै नसकेको बताए । पसल सञ्चालन गर्न पनि दर्तामै समस्या भएको उनले अनुभव सुनाए । ऐनले सहकारीलाई उत्पादनमा जान मुख्य कारोबारको प्रावधान ल्याएको हो । तर त्यस अनुरुप सहकारीले काम गर्न सकेनन् ।
अधिकांशले बचत बाहेक अरु काम गर्न चासो देखाएनन् । केहीले साँच्चिकै काम गर्न खोजेपनि दर्तामै समस्या हुँदा हैरान परेका छन् । केही समयअघि बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले मुख्य कारोबारबाट तर्सेर बचत तथा ऋणमा रुपान्तरण नगर्न सूचना जारी गरेको थियो ।
उक्त प्रावधान कार्यान्वयन गर्न सरकारले समेत अरुची देखाइरहेका बेला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले भने उक्त प्रावधान कडाइका साथ लागू गर्न आवाज उठाइरहेको छ ।
Leave a comment