पुँजी बढाउँदै सहकारी बैंक : ३ अर्बबाट ८ अर्ब पुर्याउने 

पुँजी बढाउँदै सहकारी बैंक : ३ अर्बबाट ८ अर्ब पुर्याउने  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी ३ अर्बको सेयर पुँजी बढाए ८ अर्ब पुर्याउने भएको छ । बैंकले १८ औं वार्षिक साधारणमार्फत विनियम संशोधन गरी ३ अर्बको सीमालाई सेयर पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने जनाएको छ । बैंकको सेयर पुँजी ३ अर्ब बनाउने विनियममा उल्लेख भएकाले साधारणसभाबाट संशोधन गरी ८ अर्ब बनाउन लागेको हो ।

देशभर ३० हजार सहकारी छन् । बैंकले १४ हजार भन्दा बढी सदस्यलाई समेटेको छ । पुँजी बढाएर सबै सहकारीलाई पूर्ण वित्तीय सेवा दिने उद्घोषका साथ बैंकले पुँजी बढाउँदै लगेको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा बैंकको सेयर पुँजी २ अर्ब ८७ करोड छ । बैंकको सेयर पुँजी वृद्धिको माग अत्याधिक रहेको र विनियममा ३ अर्ब रुपैयाँ मात्र कायम रहेको हुँदा बैंकले सेयर पुँजी बढाउन सकेको थिएन । केही समय देखि बैंकको सेयर बन्द छ ।

बैंकको १८ औं एकाई साधारण सभा हुँदैछ । उक्त सभाले सेयर पुँजी वृद्धिको प्रस्ताव पारित गर्ने बैंकको तयारी छ । अध्यक्ष उप्रेतीले विनियम संशोधन भएपछि वाणिज्य बैंक सरह सेयर पुँजी पु¥याएर प्रतिस्पर्धा गर्ने उप्रेतीले बताए । बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणभा गर्ने भएको छ ।

बैंकको ४४ शाखा रहेकोमा ५४ प्रतिशतले वृद्धि गगरी ६८ वटा शाखा बनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले डिजिटल बैंकिङमा प्राथमिकता दिइएको बताए । सहकारी र प्रविधिबीच काम गर्न डिजिटल बैंकिङ युनिट बनाउने भएको छ ।

बैंकले सिबिएस स्तरोन्नती, कर्जा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने भएको छ । एमआइएसद्धारा स्वचालित कार्य प्रणाली सुरु गरिएको गुरागाईले बताए । बैंकले खराब कर्जा रोक्न ग्रिन कार्ड सिष्टम लागू गरेको छ ।



Leave a comment