काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएका छन् ।
जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित केन्द्रीय अनुसन्धान ब्युरोले १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो ।
Leave a comment