रुपन्देही जिल्लाका ७ वटा सहकारी एकीकरण भई हाल १२ वटा सेवाकेन्द्रबाट जनउत्थानले सेवा दिइरहेको छ । जनउत्थानका भैरहवा, मंगलापुर, अमुवा, ठुटिपिपल, लुम्बिनी, मानकपडी, बकुलीबजार, रुद्रपुर, अमुवा, मणिग्राम, बुटवल, तामनगर, मुर्गियामा गरी १२ स्थानमा संस्थाका सेवाकेन्द्र छन् ।
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवा स्थित जनउत्थान बचत तथा ऋण सहकारीले बचतसंगै सामाजिक कार्यलाई प्राथमिकता दिएको छ । जिल्लाभर कार्यक्षेत्र रहेको जनउत्थानले प्रभावकारीरुपमा सामाजिक क्रियाकलाप गर्दै आएको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सक्रिय काम गर्दै आएको छ ।
संस्थाले ७ वटा विद्यालयको विकासका लागि विद्यालय विकास अक्षयकोषमा ५०/५० हजार सहयोग गरेको छ । विभिन्न कलेज तथा उच्च माविमा अध्ययन गर्ने १२ जनालाई ५÷५ हजार गरी ६० हजारको गरिब तथा जेहेन्दार छात्रवृति प्रदान गरिएको संस्थाले जनाएको छ ।
५ वटा युवा तथा बाल क्लवबको युवाहरुको विकासका लागि २५/२५ हजार आर्थिक सहयोग गरेको छ । त्यस्तैे नेपाल अभिनास अनाथ आश्रममा अक्षयकोषमा १ लाख सहयोग गरेको संस्थाका व्यवस्थापक रणबहादुर थापा बताउँछन् ।
संस्थाले लुम्बिनी मायादेवी मन्दिर प्रवेशद्धारमा ४ वटा विश्राम कुुर्ची, जनउत्थान सिस्टर्स क्वलद्धारा विभिन्न समयमा गरी १ सय ३९ पोइन्ट रक्तदान गरेको छ । तिलोत्तमाको पूर्वी क्षेत्रमा देवदेह बोर्डरबाट मक्रहर १० कान्छि बजारसम्मको सडकको दुवै पट्टी स्टोनिया जातको वृक्षरोपणका लागि ५० हजार आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ ।
अकुबाट एक्सेस कार्यक्रमको सिल्भर ब्राण्ड प्राप्त सहकारीले उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार र साकोसहरुको उत्कृष्ट व्यवस्थापक पुरस्कार पनि प्राप्त गरेको छ । नेफ्स्कूनबाट पश्चिमाञ्चल क्षेत्र सर्बोत्कृष्ट साकोसका साथै डिभिजन सहकारी कार्यालयबाट उत्कृष्ट सहकारीको रुपमा २०७१ मा सम्मानित भएको थियो ।
तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा राष्ट्रिय लगानी सम्मेलनका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ । तिलोत्तमा नगरपालिका भित्रको राजमार्गमा २५ वटा टिनको हरियो डष्टबिन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
लिस्नु युवा क्लवद्धारा सञ्चालन गरिएको फुटवल प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कारका लागि १५ हजार आर्थिक सहयोग गरेको थियो । जनउत्थान सहकारी पत्रकारिता स्थापना गरी हरेक वर्ष संस्थाले प्रदान गर्दै आएको छ ।
संस्थाले घरदैलो खुत्रुके बचत संकलन, नयाँ बुहारी स्वागत, सुत्केरी भेटघाट, मासिकरुपमा विशेष सेयर सदस्य सम्मान, सदस्यहरुलाई अस्पतालमा छुट प्रदान गर्दै आएको छ । ३१ जना सदस्य मिलेर २०५९ कार्तिक १५ गते स्थापना भएको सहकारीको हाल ३० हजार ५ सय ६७ जन सदस्य पुगेका छन् ।
संस्था यस वर्ष नेफ्स्कूनबाट सर्वोत्कृष्ट साकोसको रुपमा सम्मानित भएको थियो । राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७७, अधिकतम कर तिर्ने संघसंस्थाका रुपमा २०७४मा सम्मानित भएको थियो ।
अकुबाट एक्सेस कार्यक्रमको सिल्भर ब्राण्ड प्राप्त सहकारीले उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार र साकोसहरुको उत्कृष्ट व्यवस्थापक पुरस्कार पनि प्राप्त गरेको छ । नेफ्स्कूनबाट पश्चिमाञ्चल क्षेत्र सर्बोत्कृष्ट साकोसका साथै डिभिजन सहकारी कार्यालयबाट उत्कृष्ट सहकारीको रुपमा २०७१ मा सम्मानित भएको थियो ।
रुपन्देही जिल्लाका ७ वटा सहकारी एकीकरण भई हाल १२ वटा सेवाकेन्द्रबाट जनउत्थानले सेवा दिइरहेको छ । जनउत्थानका भैरहवा, मंगलापुर, अमुवा, ठुटिपिपल, लुम्बिनी, मानकपडी, बकुलीबजार, रुद्रपुर, अमुवा, मणिग्राम, बुटवल, तामनगर, मुर्गियामा गरी १२ स्थानमा संस्थाका सेवाकेन्द्र छन् ।
Leave a comment