आन्तरिक लेखापरिक्षणकालागि चार वटा कम्पनीको प्रस्ताव परेकोमा सवैभन्दा कममा प्रस्ताव गर्नेलाई स्विकृति नदिइ संघलाई ५ देखि ७ लाख सम्मको ब्यवभार पार्नेगरी गरेको निणर्य संघको कार्यबिधि विपरित भएको जाइएको छ ।
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो नीति विपरित प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ती गरेको भन्दै संचालकले नै नोट अफ डिसेन्ट लेखेका छन् ।
नोट अफ डिसेन्टमा सिइओ नियुक्तिमा गठित कार्यदल, उपसमिति र पदाधिकारीको निणर्यको जानकारी लिने र अनुमोदन गर्ने मात्र रहेकोमा प्रस्ताव पेश भइ आवश्यक छलफल सहित निणर्य हुनुपर्नेमा फरक प्रस्तावको पुछ्रे निणर्यरुपमा निणर्य भएको जनाएको छ ।
त्यसैगरी प्रमुख कार्यकारी अधिकृत नियुक्तिकोलागि त्यस पूर्वका निणर्य, सोही निणर्यमा स्विकार गरिएको सुझावसमेतलाई बेवास्ता गरि लेखा समितिलाई समेत निणर्य प्रकृयामा सहभागी गराइनु सहकारी ऐन ०७४ को ब्यवस्ता प्रतिकुल भएको जनाइएको छ ।
नोटअफ डिसेन्टमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिकोलागि गठित उपसमितिको निणर्य सिफारिसलाई ग्रहण गर्ने निणर्य गरेकोमा सोको कार्यान्वयन नहुँदै पुनरावलोकन नगरी बरिष्टतम् कर्मचारीको रुपमा परिक्षामा संलग्न भइ असफल उमेदवारलाई संघको आर्थिक तथा प्रशासन नीतिको नीतिगत ब्यवस्थाको गलत ब्याख्या गरि निणर्य गरिएको उल्लेख छ।
साथै लेखा परिक्षण्क नियुक्तिमा पनि गलत निणर्य भएको नोटअफ डिस्सेन्टमा उल्लेख छ । संघको आन्तरिक लेखापरिक्षक नियुक्तिकालागि तीन जनाको नाम संचालक समितिमा सिफारिस गर्ने भन्ने ब्यवस्था भएकोमा लेखा समितिको समेत संलग्नतामा आन्तरिक लेखापरिक्षकको नियुक्तिको निणर्य ऐन विपरित भएको उल्लेख छ ।
आन्तरिक लेखापरिक्षणकालागि चार वटा कम्पनीको प्रस्ताव परेकोमा सवैभन्दा कममा प्रस्ताव गर्नेलाई स्विकृति नदिइ संघलाई ५ देखि ७ लाख सम्मको ब्ययभार पार्नेगरी गरेको निणर्य संघको कार्यबिधि विपरित भएको जाइएको छ ।
पदपूर्ती समितिमा रहेका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरुले पुस ५ गते नोटअफ डिस्सेन्ट लेखेका छन् ।अधिकांश संचालकहरुको असहमतिका बाबजुत संघका अध्यक्ष परितोष पौड्यालले पोखरेललाई सिइओ नियुक्तीको पत्र दिएका थिए ।संघको पदपूर्ती सम्बन्धी व्यवस्था अनुसार परिक्षामा कसैले पनि ६० अंक नल्याएपछि परीक्षा रद्द गरिएको थियो ।
नोटअफ डिसेन्टमा भनिएको छ, संघका स्विकृत नीति( आन्तरिक कार्यबिधि) आचार संहिता र बचत तथा ऋण सहकारीका अन्तराष्ट्रिय मान्यता विपरित विगतमा भएका र भविश्यमा हुनसक्ने निणर्य उपर समेत हाम्रो गम्भिर असहमति रहेको छ।
खुला प्रतिष्पर्धाबाट परीक्षा लिइए पनि नतिजा प्रकाशित नगरी कामु सिइओलाई नेफ्स्कूनले नियुक्ति दिएको थियो । नेफ्स्कूनले २०७१ देखि पदपूर्ती नीति संशोधन गर्दै ६० अंक भन्दा माथि ल्याएकालाई मात्र उतीर्ण गराउने व्यवस्था गरेको थियो ।
जबकि, लोकसेवा आयोगको व्यवस्थामा ४० अंक ल्याउने व्यक्ति उतीर्ण हुने व्यवस्था छ । नेफ्स्कूनको पछिल्ला पदपूर्तीहरु संशोधित प्रावधान अनुसार नै हुँदै आएका थिए ।
तर प्रमुख कार्यकारी अधिकृतको पदपूर्ती गर्ने क्रममा परीक्षार्थी ८ जनाले ६० अंक ल्याउन नसकेपछि नतिजा प्रकाशित गरिएन । व्यवस्थापनले सिँधै कामुलाई नियुक्त गर्ने निर्णय गरेपछि संचालकबिचनै असन्तुष्टी देखिएको छ ।
पदपूर्ती समितिमा रहेका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरुले पुस ५ गते नोटअफ डिसेन्ट लेखेका छन् ।अधिकांश संचालकहरुको असहमतिका बाबजुत संघका अध्यक्ष परितोष पौड्यालले पोखरेललाई सिइओ नियुक्तीको पत्र दिएका थिए ।
संघको पदपूर्ती सम्बन्धी व्यवस्था अनुसार परिक्षामा कसैले पनि ६० अंक नल्याएपछि परीक्षा रद्द गरिएको थियो । पदपुर्ति उपसमितिले बिधानमा भएको ब्यवस्था संशोधन गरि पुनः प्रकृयामा जाने सुझाव दिएपनि सिमित संचालकको बैठकले छोटो सूचीको दोश्रो लिष्टमा रहेका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको हो ।
Leave a comment