सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’ रजिष्टार अधिकारीले बजारको आधारमा ब्याज दर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए ।
काठमाण्डौँ । सहकारीमा तरलता अभाव हुनुमा सन्दर्भ ब्याजदर दोषी रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सहकारीमा तोकिएको सन्दर्भ ब्याजदरका कारण सहकारीको पैसा अन्त गएकाले तरलता अभावको अवस्था आएको बताएका हुन् ।
ललितपुरको सहकारी अभियानले आज आयोजना गरेको तरलता ब्यवस्थापनमा अभियानको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीको सन्दर्भ ब्याजदरको क्यापले गर्दा सहकारीको पैशा अन्य क्षेत्रमा गएको बताए । सहकारीको पैसा सहकारीमा ल्याउन ब्याजदरको सिलिङ हटाइनु पर्ने उनीहरुको माग छ ।
सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मुल्य मान्यता ख्याल भने । उनले भने ‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ, आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरु बैंक होइन ।’
सरकारले सहकारीको नियन्त्रण गरेको आरोप लगाएपछि जवाफमा रजिष्ट्रार अधिकारीले सहकारी अभियानले आफ्नो दायित्व बिर्सिको बताए । विभाग सहकारीको समस्या समाधान गर्न सक्रिय भएको र यसमा हातेमाले गर्न उनले सहकारी संघ महासंघलाई आग्रह गरे । तर, सहकारी अभियानको नेतृत्व समस्यामा छलफल गर्ने भन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएको उनले बताए ।
‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’ रजिष्टार अधिकारीले बजारको आधारमा ब्याज दर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए ।
अहिलेको वित्तीय तरलता अभावको अवस्थामा सहकारी क्षेत्र समेत उक्त समस्याबाट प्रभावित भएपछि सन्दर्भ ब्याज परिवर्तन गर्न गरिएको मागलाई सरकारले सम्बोधन गर्ने बताए । ‘सन्दर्भ ब्याजदर परिवर्तनको विषयमा म सकारात्मक छु । यो तोकिनु हुँदैन बजारलाई नै निर्धारण गर्न दिनुपर्छ ।
तर, सहकारी अभियन्ताहरुले नै यो मनन् गर्नुपर्ने हो । वाणिज्य बैंकहरुले तीन तीन महिनामा ब्याजदर परिवर्तन गर्छन् हामीले किन गर्न नहुने ?’ प्रतिप्रश्न गर्दै अधिकारीले भने, ‘यो कुरामा म सहमत छु, वर्षमा तीन पटक त नभनौं तर अवस्था र आवश्यकता हेरेर कम्तिमा वर्षमा दुई पटक सन्दर्भ ब्याजदर हेरफेर गरौं ।’
जुन अहिलेको तरलता अभावको समस्या छ यो सहकारी क्षेत्रको मात्र नभएर राष्ट्रकै चिन्ताको विषय भएकाले चिन्तन गर्न तर चिन्ता नगर्न रजिष्ट्रार अधिकारीले सहकारीहरूलाई आग्रह गरे । हाल सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढि ब्याज दर लिन नपाउने गरी सन्दर्भ ब्याजदर तोकिएको छ ।
२०७६ साउन १९ गतेबाट पहिलोपटक कार्यान्वयन भएको सन्दर्भ ब्याजदर गतवर्ष कात्तिक १ गतेबाट लागु हुनेगरी १.२५ प्रतिशत बिन्दुले घटाएर १४.७५ प्रतिशत तोकिदिएको थियो । अहिले सहकारी संस्थाले कर्जामा १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैनन् । सहकारी संस्थामा कर्जा ÷ निक्षेप ब्याजदरको अन्तर (स्प्रेडरेट) ६ प्रतिशतभन्दा बढी हुन नपाइने व्यवस्था सहकारी ऐन २०७४ मा रहेको छ ।
तरलता अभावसँगै बैंकहरूको ब्याजदर वृद्धि भएकाले सहकारीको पनि ब्याजदर बढाउन सहकारीका संचालकले दबाब दिँदै आएका छन् । जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले सहकारी संस्थाहरु बचत फिर्ता गर्न नसक्ने अवस्था भएको बताए ।
केही सहकारीका अध्यक्ष, प्रबन्धकहरुले बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेको र तरलता समस्या समयमै समाधान गर्न नसकेको अवस्थामा ठूलो दुर्घटनामा सहकारी पर्ने बताए । तत्काल सहकारीको सन्दर्भ ब्याजदर परिमार्जन गर्नुपर्ने उनको जोड थियो । बैंकहरूले १५ प्रतिशत ब्याज दिन थालेको र सहकारीहरु समस्यामा परेको उनको भनाइ थियो ।
ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले सहकारीमा परेको तरलता समस्या समाधान गर्न महासंघले न्यायोचित भूमिका नखेलेको बताए । उनले भने अहिलेको तरलता समस्यामा सहकारीले झेलिरहेको र सहकारी महासंघ भने तालिम बेच्दै बसेको छ । सहकारी संघ, संस्थालाई परेको समस्या समाधानमा राष्ट्रिय सहकारी महासंघले भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ ।
सहकारी बैंकका कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले सहकारीहरुकै कारण अहिले तरलताको अवस्था आएको तर्क गरेका छन् । ब्याजको लोभमा सहकारी संघ, संस्थाहरुले अनावश्यक (सदस्य भन्दा बाहिर) अन्धाधुन्ध कर्जा लगानी गरेकाले सहकारी क्षेत्रमा पनि तरलताको समस्या आएको उनको भनाई छ ।
यसको सुरक्षाका लागि अब सहकारीहरु सचेत हुन र अनिवार्य १५ प्रतिशत तरलता मौज्दात राख्नुपर्ने बताए । यता सहकारी संघ, संस्थाहरुले अहिलेको तरलता संकटबाट बच्न सहकारी विभाग, महासंघ, विषयगत संघ (नेफ्स्कुन) र सहकारी बैंकसँग अभिभावकत्व खोजेको बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष रामशरण घिमिरेलगायतले सहकारीकामा तरलताको अभाव भैनसकेपनि आउनसक्ने जोखिमलाई बेवास्ता गर्न नहुने बताए ।
कार्यक्रमलाई ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाइले सहजीकरण गरेका थिए । सहकारी विभागले २ वर्षअघि पहिलोपटक सहकारी संस्थाका लागि सन्दर्भ ब्याजदर तोकेको थियो ।
२०७६ साउन १९ गतेबाट पहिलोपटक कार्यान्वयन भएको सन्दर्भ ब्याजदर गतवर्ष कात्तिक १ गतेबाट लागु हुनेगरी १.२५ प्रतिशत बिन्दुले घटाएर १४.७५ प्रतिशत तोकिदिएको थियो । अहिले सहकारी संस्थाले कर्जामा १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैनन् । सहकारी संस्थामा कर्जा ÷ निक्षेप ब्याजदरको अन्तर (स्प्रेडरेट) ६ प्रतिशतभन्दा बढी हुन नपाइने व्यवस्था सहकारी ऐन २०७४ मा रहेको छ ।
Leave a comment