प्रदेश १ सहकारी संघको प्रारम्भिक सभानै नगरी प्रथम बार्षिक साधारण सभा सम्पन्न     

प्रदेश १ सहकारी संघको प्रारम्भिक सभानै नगरी प्रथम बार्षिक साधारण सभा सम्पन्न      :: Sahakari Akhabar

यस अघि अखवारलाई साउनमानै प्रारम्भिक साधारण सभा गरेको बताएका पोखरेलले अहिले कोरोनाका कारण सभा नगरेको बताएका छन् ।

विराटनगर । प्रदेश १ प्रदेश सहकारी संघले प्रारम्भिक साधारण सभा नै नगरी प्रथम बार्षिक साधारण सभा गरेको छ । संघले पुष ३ गते निर्वाचन सहितको प्रथम बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संघ दर्ता गरेको तीन महिनामा प्रारम्भिक साधारण सभा गरि रजिष्ट्रार कार्यालयलाई प्रतिवेदन बुझाउनु पर्ने कानुनी ब्यवस्था छ।

प्रारम्भिक साधारण सभाले संघ दर्ता गर्दा रहेको तदर्थ समितिलाई भंग गरि नयाँ संचालक समिति चयन गरेपछि उक्त समितिको अवधि ४ वर्षको हुने ब्यवस्था छ ।

तर संघ दर्ता भएको एक वर्षमै निर्वाचन गरि नयाँ संचालक समिति चयन गर्नुले संघले प्रारम्भिक साधारण सभा नगरेको देखाउँछ । संघ सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा २०७७ पुस १६ गते दर्ता भएको थियो ।

यस अघि सहकारी अखवारले संघको प्रारम्भिक साधारण सभाका विषयमा प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलासंग बुझ्दा संघको प्रतिवेदन आइनसकेको बताएका थिए ।

दर्ता गरेको संघ/संस्थाको साधारणसभा तीन महिना भित्र गरिसकेर रजिष्ट्रार कार्यालयमा फाइल बुझाउनुपर्ने भए पनि अहिलेसम्म कुनै जानकारी नभएको निरौलाले बताएका थिए ।

‘रजिष्ट्रार कार्यालयमा कुनै जानकारी आएको छैन’, ‘हामीले पनि कुनै जानकारी मगाएका छैनौ, त्यसबारे के भएको हो अव बुझ्छौं’सहकारी अखवारसंग भनेका थिए ।

प्रारम्भिक साधारण सभा गरे नगरेको थाहा नभएको संघको कार्यक्रममा भने रजिष्ट्रार आफै उपस्थित भएर कार्यपत्र समेत प्रस्तुत गर्ने गरेका थिए ।

प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल जिल्ला सहकारी संघ मोरङका पनि अध्यक्ष हुन्, उनले गत साउनमानै प्रदेश संघको प्रारम्भीक साधारण सभा गरेको जनाएका थिए । तर संघले गत शनिबारमात्र प्रथम साधारण सभा गरेको छ । त्यो पनि निर्वाचन सहितको ।

कार्यालयका प्रमुख निरौलाका अनुसार दर्ता भएको तीन महिना भित्र संघले साधारण सभा गर्नुपर्छ । दर्तापश्चात प्रारम्भीक साधारण सभा गरी रजिष्ट्रार कार्यालयमा प्रतिवेदन बुझाउनुपर्छ ।

प्रदेश रजिष्ट्रार निरौलाले किन साधारण सभा नगरिएको वा गरेको भए प्रतिवेदन किन नबुझाएको भन्दै संघसँग जानकारी लिने प्रतिवद्धता जनाएका थिए ।

दर्ता भएको तीन महिनाभित्र साधारण सभा नगरिएको भए रजिष्ट्रारले मागेको कुरा उपलब्ध नभए कारवाही गर्न सकिने कानुनी व्यवस्था छ ।

प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल जिल्ला सहकारी संघ मोरङका पनि अध्यक्ष हुन्, उनले गत साउनमानै प्रदेश संघको प्रारम्भीक साधारण सभा गरेको जनाएका थिए ।

तर संघले गत शनिबारमात्र प्रथम साधारण सभा गरेको छ । त्यो पनि निर्वाचन सहितको । सभाले डिल्ली पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । गएको चैत्रमा तदर्थ समिति गठन गरेको संघले १० महिना पछि साधारण सभा गरेको हो।

तदर्थ समिति गठन गरेको ३ महिना भित्र साधारण सभा गर्नुपर्ने भएपनि कोरोनाको कारण देखाउँदै संघले साधारण सभा नगरेको र भौतिक उपस्थितिमा नै साधारण सभा गर्ने निर्णय गरेकाले ढिलो भएको अध्यक्ष डिल्ली पोखरेलले बताए ।

यस अघि अखवारलाई साउनमानै प्रारम्भिक साधारण सभा गरेको बताएका पोखरेलले अहिले कोरोनाका कारण सभा नगरेको बताएका छन् ।

सभाले डिल्ली पोखरेल अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, खगेन्द्र सुवेदी, महिला उपाध्यक्ष सारदा थापामगर, सचिव भवानी प्रसाद दंगाल, सहसचिव छत्र प्रसाद रिमाल तथा सदस्यहरुमा एकराज निरौला, सरिता श्रेष्ठ, लिला वहादुर थापा, भरत ताम्राकार, फौद सुवेदीलाई चयन गरेको जनाइएको छ ।

त्यसैगरी रोवन प्रसाद वगालेको संयोजकत्वमा लक्ष्मी नारायण चौधरी र बोधमाया दाहाल सदस्य रहेको लेखा समिति पनि गठन गरेको जनाइएको छ ।



Leave a comment