संस्थामा २ हजार महिला सदस्य छन् । अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । सहकारीका सदस्यहरु कृषि, पशुपालन, व्यापार व्यवसायमा जोडिएका छन् । सेवाकेन्द्रमा २ जना कर्मचारी गरी सहकारीमा ८ जनाले रोजगारी गर्छन् । सहकारीले रेमिट्यान्स समेत कारोबार गर्छ ।
नवलपरासी । नवलपरासीको दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले घरेलु हिंसा पीडित महिलाहरुको उद्धारका लागि सेवा हाउस सञ्चालन गरेको छ । संस्थाकी अध्यक्ष देवी पौडेलले समस्यामा परेका महिलालाई सेफ हाउसमा राख्ने गरेको बताइन् । ४५ दिनसम्म सेफ हाउसमा राख्ने व्यवस्था गरिएको छ । त्यो भन्दा बढी समय राख्नुपरे पदाधिकारीले आफ्नै घरमा समेत राख्ने गरेका छन् ।
घरेलु हिंसामा परेका महिलालाई सहकारीले संरक्षण दिदैँ आएको छ । संस्थाले महिला, बालबालिका कार्यालयसँगको साझेदारीमा सेफ हाउस सञ्चालन गरेको हो । पीडितलाई आश्रय, कानुनी सहयोग तथा आवश्यक स्वास्थ्य उपचार दिन्छ । २०६६ सालमा सेवाकेन्द्र सञ्चालनमा आएको हो ।
सेफहाउसमा समस्यामा परेका महिलाहरुलाई परामर्श दिइन्छ । सम्भव भएसम्म दुवै पक्षलाई मिलाएर मेलमिलाप गराउने गरेको अध्यक्ष पौडेलले बताइन् । उपाध्यक्ष लक्ष्मी शर्माले सहमति गराएर न्याय दिने गरेको बताइन् । संस्थाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर पीडितको हेरचाह गर्ने गरेको छ ।
अदालत जानुपरे वकिलसमेत संस्थाले हायर गर्ने गरेको उपाध्यक्ष शर्माले बताइन् । आर्थिक क्रियाकलापमा मात्र सीमित नभई द्धन्द्धपीडित महिलाहरुलाई उद्धार र राहत दिन पाउँदा खुसी लागेको संस्थाका पदाधिकारी बताउँछन् । त्यस्ता महिलाहरुलाई सीप दिएर आत्मनिर्भर बनाउने गरिएको शर्माले बताइन् ।
संस्थाले सहुलियतमा ऋण दिएर उद्यमशीलता प्रोत्साहन गरेको छ । सदस्यको रुची र चाहना अनुसार ऋण दिएर उनीहरुलाई व्यवसायी बनाउने गरेको छ । सीपमूलक तालिम समेत दिएर उत्पादन तथा व्यवसायमा जोड्न संस्थाले सघाइरहेको छ ।
गाउँगाउँमा बचत अभियान सञ्चालन गरी सहकारीले महिला सशक्तीकरणमा टेवा दिइरहेको छ । यसका साथै विद्यालय भर्ना कार्यक्रम, सरसफाइ अभियानका काम पनि संस्थाले गर्दै आएको छ । लुम्बिनी प्रदेशमा उत्कृष्ट महिला सहकारीको रुपमा सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको थियो ।
संस्थामा २ हजार महिला सदस्य छन् । अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । सहकारीका सदस्यहरु कृषि, पशुपालन, व्यापार व्यवसायमा जोडिएका छन् । सेवाकेन्द्रमा २ जना कर्मचारी गरी सहकारीमा ८ जनाले रोजगारी गर्छन् । सहकारीले रेमिट्यान्स समेत कारोबार गर्छ ।
उद्यमशीलता विकास गर्न संस्थाले सेवा शुल्क लिदैँन । यसका साथै मासिक ब्याज बुझाउनेलाई ब्याजमा ५ प्रतिशत छुट दिन्छ । संस्थाको सेयर पुँजी १ करोड ३४ लाख पुगेको छ । संस्थाले ११ करोड ९८ लाख निक्षेप संकलन गरी ११ करोड ८२ लाख कर्जा प्रवाह गरेको छ । संस्थाको दायित्व तथा सम्पत्ति १४ करोड ५४ लाख पुगेको छ ।
संस्थाले सहुलियतमा ऋण दिएर उद्यमशीलता प्रोत्साहन गरेको छ । सदस्यको रुची र चाहना अनुसार ऋण दिएर उनीहरुलाई व्यवसायी बनाउने गरेको छ । सीपमूलक तालिम समेत दिएर उत्पादन तथा व्यवसायमा जोड्न संस्थाले सघाइरहेको छ ।
Leave a comment