अध्यक्ष भारतीका अनुसार जमानत बस्ने, अरु कागजात राख्ने, लगायत जुनसुकै लिखित प्रतिवद्धता दिन तयार रहँदा अध्यागमनले नमानेको बताए । ७६ जना फर्काइएपछि ११ बजे उड्ने तय भएको विमान साढे १ बजे आधा यात्रु लगेर मात्रै उडेको थियो । उनीहरुको लगेज राखिए पनि पछि सबैको निकालिएको थियो ।
ललितपुर । ललितपुरको शुभेच्छा बहुउद्देश्यीय सहकारी संस्थाका ५७ जना महिला सहित ७६ जना गत आइतबार मध्यरातमा त्रिभुवन विमानस्थलबाट फर्काइए । भिजिट भिसामा दुवई उड्न थालेका महिलाहरुलाई अध्यागमन विभागले शंका गर्दै मध्यरातमै फिर्ता पठाएको हो ।
संस्थाका अध्यक्ष मणि भारतीका अनुसार तीन वर्षदेखि दुवइ जाने तयारी थियो । कोरोना कारण जान पाएका थिएनन् । सहकारीको उक्त समूहमा अध्यक्ष भारती, सचिव विजय शर्मासहित ३ जना र ट्राभल्सका तीन जना पुरुषबाहेक सबै महिला थिए ।
अध्यक्ष भारतीका अनुसार चार वर्ष अघि सहजै दुवई पुगेको बताउँछन् । ‘त्यतिबेला जमानत बसेर पठाइएको थियो, संस्थाको चिठीले सहज हुन्छ भन्ने सुझाव आएपछि लेटरप्याडमा चिठी लेखेका हौं’ उनले भने,‘महिलाको संख्या धेरै देखियो, भिजिट शंकास्पद छ भनेर फर्काइदिए ।’
‘२७ जना सुरक्षा जाँचसम्म पुगेका थिए । अध्यागमन विभागका कर्मचारीले पुरुषलाई मात्र जान दिने तर महिलालाई जान नदिने भनेपछि हामी राती २ बजे फर्केका हौँ’ अध्यक्ष भारतीले भने । संस्थाले लगेको नभई समन्वय मात्र गरिदिएको र सबै आफ्नै खर्चमा सदस्य दुवई जान थालेको बताए ।
फर्किएपछि संस्थाले ललितपुर महानगरपालिकासँग छलफल गरेको छ । महानरले फेरि जाने कुरा नगर्नुहोस् भन्ने सुझाव आएपछि अब कार्यक्रम क्यान्सिल गर्ने योजना बनेको अध्यक्ष भारतीले बताए । सहकारीका सदस्यहरु जनही १ लाख ७ हजार रूपैयाँको टुर प्याकेज किनेर दुबई जान लागेका थिए ।
सहकारीका सदस्यको भ्रमण सम्बन्धी कागजपत्र पूरा नभएकाले राति फर्काउनु परेको अध्यागमन विभागले जनाएको छ । अध्यक्ष भारतीका अनुसार जमानत बस्ने, अरु कागजात राख्ने, लगायत जुनसुकै लिखित प्रतिवद्धता दिन तयार रहँदा अध्यागमनले नमानेको बताए ।
७६ जना फर्काइएपछि ११ बजे उड्ने तय भएको विमान साढे १ बजे आधा यात्रु लगेर मात्रै उडेको थियो । उनीहरुको लगेज राखिए पनि पछि सबैको निकालिएको थियो ।
यो पनि हेर्नुहोस् ।
दुबई घुम्न जाँदै गरेका ७६ सहकारीकर्मीलाई मध्यरातमा विमानस्थलबाट फर्काइयो
Leave a comment