सहकारीमा डिजिटलाइजेसन गफमै सीमित

सहकारीमा डिजिटलाइजेसन गफमै सीमित :: Sahakari Akhabar

महासंघका अध्यक्ष मिनराज कडेल मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई व्यवहारमा उतार्नका लागि सम्मेलनको आयोजना गरिएको बताउँछन् । सहभागीले तीन दिने भर्चुअल कार्यक्रमका लागि ५ हजार शुल्क तिरेका छन् । तर उक्त शुल्क तिरेर पनि सिक्नेकुरा खासै नभएको गुनासो गर्छन् । महासंघले स्पष्ट गाइडलाइन बनाएर सबै सहकारीलाई प्रविधिमा जान सहज गर्ला भन्दा डिजिटाइजेसनका नाममा व्यापार गर्न थालेको एक सहकारीकर्मीले गुनासो गरे ।

काठमाडौं । सहकारी प्रविधिमैत्री हुन सकिरहेका छैनन् । केही सहकारीले प्रविधिको सुरुवात गरेपनि पूर्णरुपमा कार्यान्वयन हुन सकिरहेको छैन । देशभर ३० हजार सहकारी छन् । तर मुश्किलले केही सयले पनि सहकारीमा प्रविधि प्रयोग गर्न सकिरहेका छैनन् । ५ सय भन्दा कमले मात्रै सहकारीमा प्रविधि प्रयोगको सुरुवात गर्न थालेका छन् ।

सहकारीमार्फत १० खर्बको कारबोर भइरहेको छ । तर सहकारी नेशनल पेमेन्टमा जोडिन पाएका छैनन् । राज्य संयन्त्रको उदासिनताका कारण सहकारी प्रविधिमैत्री हुन नसकिरहेका हुन् । प्रविधि प्रयोगमा सहकारी पनि आफै जागरुक हुन सकिरहेका छैनन् ।

सहकारीले चेक क्लियरेन्स समेत पाउन सकेका छैनन् । लामो समयदेखि सहकारीले माग गरेपनि अझै सुनुवाइ हुन सकेको छैन । राष्ट्रिय सहकारी बैंकले समेत चेक क्लियरेन्सको सुविधा पाउन सकेको छैन । जसले गर्दा सहकारीमा डिजिटाइजेसन गफमै सीमित हुन पुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रविधि प्रयोग गर्न दिने नीति अबलम्बन गरेको छ । मौद्रिक नीति मार्र्फत बैंकले सहकारीलाई समेत प्रविधि प्रयोगमा बढावा दिएको हो । तर सहकारीका नियमक निकाय सहकारी विभागले त्यसका लागि पहलकदमी लिन सकेको छैन । विभागले नीतिगत रुपमा थप सहजीकरण गर्न सके धेरै सहकारी प्रविधिमैत्री बन्न सजह हुने सहकारीकर्मी बताउँछन् ।

सहकारीको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघ रणभूल्लमा परेको छ । गत चैत्रमा मनाइएको ६४ औं राष्ट्रिय सहकारी दिवसको थिम नै ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थियो । त्यस अनुरुप छिट्टै गाइडलाइन बनाउने र बढी भन्दा बढी सहकारीलाई डिजिटलमा प्रवेश गराउने महासंघले धारणा सार्वजनिक गर्दै आएका छन् ।

तर ८ महिना बितिसक्दा पनि महासंघले ठोस योजना ल्याउन सकेको छैन । अधिकांश सहकारी चार खाता तथा लेजरमै हिसाब राखेर चलाइरहेका छन् । सफ्टवेयर प्रयोग गर्ने सहकारी निकै कम छन् । सहकारीलाई डिजिटलमैत्री बनाउनुपर्ने अपरिहार्य भइसकेको छ । तर त्यसअनुरुप सरकार तथा सहकारी अभियान क्रियाशील हुन सकिरहेका छैनन् ।

सूचना प्रविधिका लागि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष तथा आइसीटी तथा इन्फरमेसन इकोनोमिका विज्ञ डा. मनोहर भट्टराईले महासंघले डिजिटल रुपान्तरण युनिट खडा गरी सहकारीलाई प्रविधिमा जान प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।

महासंघले गाइडलाइन बनाउन नसक्दा धेरै सहकारी अलमलमा छन् । प्रविधि प्रयोगमा आनाकानी गरिरहेका छन् । नियमक निकायले पनि प्रविधिमा जान सहजीकरण गर्न नसक्दा सहकारीकर्मी चिन्तित छन् ।महासंघले मंगलबारदेखि सहकारीमा डिजिटलाइजेसन राष्ट्रिय सम्मेलन सुरु गरेको जानकाएको छ ।

महासंघका अध्यक्ष मिनराज कडेल मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई व्यवहारमा उतार्नका लागि सम्मेलनको आयोजना गरिएको बताउँछन् । सहभागीले तीन दिने भर्चुअल कार्यक्रमका लागि ५ हजार शुल्क तिरेका छन् ।

तर उक्त शुल्क तिरेर पनि सिक्नेकुरा खासै नभएको गुनासो गर्छन् । महासंघले स्पष्ट गाइडलाइन बनाएर सबै सहकारीलाई प्रविधिमा जान सहज गर्ला भन्दा डिजिटाइजेसनका नाममा व्यापार गर्न थालेको एक सहकारीकर्मीले गुनासो गरे ।

महासंघका अध्यक्ष कँडेलका अनुसार देशभरका ६० सहकारीले एटीएम सेवा दिइरहेका छन् । सबै सहकारी प्रविधिमैत्री हुनुपर्ने उनको जोड छ । महासंघका उपाध्यक्ष रमेश पोखरेलले प्रविधिमैत्री बन्न सके सहकारीमा पारदर्शी  हुने बताउँछन् । डिजिटलाइजेसन अपरिहार्य भएकाले त्यसतर्फ सबै सहकारीले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

सूचना प्रविधिका लागि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष तथा आइसीटी तथा इन्फरमेसन इकोनोमिका विज्ञ डा. मनोहर भट्टराईले महासंघले डिजिटल रुपान्तरण युनिट खडा गरी सहकारीलाई प्रविधिमा जान प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।

नेपालमा डिजिटल रुपान्तरण, आवश्यकता र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै भट्टराईले नीतिगत स्पष्ट नहुँदा सहकारी प्रविधि प्रयोगमा पछि परेको बताए । सहकारीमा डिजिटल रुपान्तरणको विषयमा कार्यपत्र प्रस्तुत गर्दै भिजनरी इन्टरनेशनलका सिइओ तथा चेतना मास्टर कोच इन्द्र गुरुङले प्रविधि भित्राउनु अघि संस्थाको संस्कृति परिवर्तन गर्नुपर्ने बताए । 
 



Leave a comment