६ करोड भन्दा बढी लागतमा उक्त मार्ट सञ्चालनमा ल्याएको बताए । स्टोरमा अत्यावश्यक खाद्यान्नदेखि कस्मेटिक्स, इलोक्ट्रोनिक्स, फेन्सी, बालबालिकाका सामग्री तथा खेलकूद सामग्रीलगायत दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध रहेको महाप्रबन्धक गौतमको भनाइ छ ।
बुटवल । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं गार्डेन मार्ट बुटवलमा सञ्चालनमा ल्याएको छ । संस्थाले डडेलधुराबाट सुरु गरेको डिपार्टमेण्टलको अवधारणाको १५ औं स्टोरको रुपमा बुटवलमा सञ्चालन गरेको हो ।
स्टोरको शनिबार एक कार्यक्रमका बीच उद्दघाटन गरिएको संस्थाका महाप्रबन्धक लिलानाथ गौतमले बताए । उनले ६ करोड भन्दा बढी लागतमा उक्त मार्ट सञ्चालनमा ल्याएको बताए ।
स्टोरमा अत्यावश्यक खाद्यान्नदेखि कस्मेटिक्स, इलोक्ट्रोनिक्स, फेन्सी, बालबालिकाका सामग्री तथा खेलकूद सामग्रीलगायत दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध रहेको महाप्रबन्धक गौतमको भनाइ छ ।
भक्तपुरमा केन्द्रिय कार्यालय रहेको सहकारीले उत्पादन, व्यवसाय र रोजगारलाई प्रवद्र्दन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा व्यवसायिक मार्टहरु सञ्चालन गर्दै आएको जनाइएको छ ।
यसै क्रममा रुपन्देहीको बुटवलमा पनि डिपार्टमेण्टल स्टोर सञ्चालन गरिएको महाप्रवन्धक गौतमले जनाए । उनका अनुसार हालसम्म देशका विभिन्न स्थानमा १४ वटा स्टोर सञ्चालनमा आइसकेको र बुटवलपछि थप अन्य स्थानमा पनि सञ्चालनको लागि तयारी रहेको छ ।
बुटवलमा सञ्चालनमा आउँदै गरेको डिपार्टमेण्ट स्टोरमा ४२ जनाले रोजगार प्राप्त गरेको महाप्रबन्धक गौतमले जानकारी दिए ।डिपार्टमेण्टलका नायब मुख्य प्रबन्धक रमेश खाइजुले एउटै छानामुनी सबै सामानहरु सहज र शुपथ मुल्यमा उपलब्ध गराउनुका साथै विकट ठाउँमा भएका उत्पादनलाई बिक्री र प्रर्द्धन गर्ने उद्देश्यले स्टोर स्थापना गरिएको बताए ।
बढ्दो व्यस्त जीवनशैली भएको अवस्थामा एकै ठाउँबाट सबै सामान उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै स्वदेशी उत्पादनलाई ब्राण्ड बनाउने मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
स्टोरको शनिबार लुम्बिनी प्रदेश सरकारका शिक्षा ,विज्ञान, युवा तथा खेलकूद मन्त्री बसिउद्धिन खाँ र वन,वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले औपचारिक शुभारम्भ गरेका छन् ।
त्यसैगरी शिव शिखर सहकारीको रुपन्देही शाखा पनि सोही समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले उद्धघाटन गरेका थिए । मार्ट शुभारम्भको अवसरमा विभिन्न किसिमका सामग्रीहरुमा २ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट रहेको जनाइएको छ ।
Leave a comment