हाइलाइट

सहकारीको अनुसन्धानकालागि बैंक र अनुसन्धानकर्ता बिच सम्झौता

सहकारीको अनुसन्धानकालागि बैंक र अनुसन्धानकर्ता बिच सम्झौता :: Sahakari Akhabar

पोखरा विश्वविद्यालय अन्तर्गत एपेक्स कलेजमा अध्ययनरत पन्तले Credit Risk Management in Cooperative Organization in Nepal र त्रिभुवन विश्व विद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा अध्ययनरत शर्माले Women Empowerment Through Cooperatives विषयमा शोध अनुसन्धान गर्ने छन् ।

ललितपुर । राष्ट्रिय सहकारी बैंकले नेपालको सहकारी क्षेत्रको अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्यले सहकारी क्षेत्र सम्बन्धी विषयमा शोध प्रबन्ध लेख्नको लागि छनौट भएका विद्यार्थीहरु र बैंकबीच सम्झौता गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा बुधबार एक कार्यक्रमका बिच शोध प्रबन्ध अनुसन्धान अनुदानप्राप्त गर्ने विद्यार्थीहरु  र बैकबीच सम्झौताभएको हो ।

शोध प्रबन्ध अनुसन्धान अनुदानप्राप्त गर्ने विद्यार्थीहरु स्नातकोत्तरतर्फ प्रतिक नाथ पन्त र विद्यावारीधितर्फ अजिता देविशर्मा रहेका छन् ।

पोखरा विश्वविद्यालय अन्तर्गत एपेक्स कलेजमा अध्ययनरत पन्तले Credit Risk Management in Cooperative Organization in Nepal र त्रिभुवन विश्व विद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा अध्ययनरत शर्माले Women Empowerment Through Cooperatives विषयमा शोध अनुसन्धान गर्ने छन् ।

कार्यक्रममा छनौट भएका शोधार्थीहरुले आफ्नो शोध प्रबन्ध अनुसन्धानको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बैंकका अध्यक्ष के.बी उप्रेतीले शोध प्रबन्ध अनुसन्धानको लागि अनुदान दिन बैंकले शुरुवात गरेको बताए ।

उनले सहकारी बैंकले सुरु गरेको यस कार्यको अन्य निकायले पनि सिको गर्नु पर्ने बताए । उनले सहकारी बैंककले इ लाइब्रेरीको सुरुवात गरेको हुनाले यस कार्यबाट आएको सहकारीको सत्य तथ्य र एकिन तथ्याङ्कले सहकारीको तथ्याङ्क अध्ययन गर्न चाहनेकालागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस कार्यक्रमलाई निरन्तरता दिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले रिसर्च कार्य पहिलो भएपनि राम्रो कार्यको सुरुवात गरेको बताए । उनले उक्त कार्यमा आवश्यकता अनुसार शोधकर्तालाई सहयोग गर्ने बताए । उनले राम्रो नतिजाको शुभकामना दिँदै अनुसन्धानमा केही समस्या आएमा बैंकले सहयोग गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक सागर ढकाल, सहकारी बै‌कका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, संचालक सरिता तिम्सीना भट्टराई, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले शोधप्रबन्ध अनुसन्धान अनुदान प्राप्त गर्ने विद्यार्थीलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा बैंकको उच्च व्यवस्थापनका कर्मचारीहरु, हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बासुदेव घिमिरे तथा प्रवन्धक सुमन थापा, सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल, उपाध्यक्ष काजीश्रेष्ठ लगायतको उपस्थीती थियो ।



Leave a comment