काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको क्षेत्रिय बोर्ड सदस्यमा निर्वाचित भएका छन् । आइसीए एपीको आज (नोभेम्बर ३०) मा भएको निर्वाचनबाट कडेल निर्वाचित भएक हुन्।
उनले पाँचौं सर्वाधिक मत प्राप्त गरेर आइसीए एपीमा निर्वाचिन भए त्यसैगरी भारतका चन्द्रपाल सिंह यादव आइसीए एपीको अध्यक्षमा निर्वाचित भएका छन् ।
चिनका जेनहोङ र मलेसियाका डाटो डा.अब्दुल फताह अबदुल्लाह उपाध्यक्षमा निर्वाचित भएका छन् । यसअघि आइसीए एपीमा केशवप्रसाद बडाल संचालक समितिमा थिए । मिनराज कडेल २/२ वर्ष एसियाली ऋण महासंघको प्रथम र द्धितिय उपाध्यक्ष समेत भैसकेका छन् ।
Leave a comment