ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले चेक बोकेर निजी बैंक जाने अवस्था छिट्टै अन्त्य हुने बताएका छन् । साकोस समिटको अवसरमा कार्यपत्र प्रस्तुत गर्दै बजगाईले सहकारीको पैसा सहकारीमै राख्नुपर्ने बताए । सकारीको पैसा सहकारीमै हुनुपर्ने भएपनि त्यसो हुन सकेको छैन ।
सहकारीमा चेक क्लिरियन्स नभएकाले दशैंमा बढी समस्या हुने गरेको बजगाईले बताए ।‘सहकारीले दिइयोस् भन्ने सदस्यको चाहना हुन्छ । तर सहकारीलाई क्लिरियन्स नभएकाले दसैंमा बढी समस्या हुन्छ ।’ उनले भने । चेक बोकेर पठाउने व्यवस्था अन्त्य गर्ने उनको भनाइ छ ।
सहकारी पनि पारदर्शी नभएको, वेभसाइट पनि नभएको संघले जनाएको छ । सहकारीले वित्तीय विवरण पनि सार्वजनिक गर्नुपर्ने अध्यक्ष बजगाईले बताए । संघले त्रैमासिक विवरण प्रकाशित गर्न सुरु गरिसकेकाले सहकारीहरुले पनिकम्तीमा ६÷६ महिनामा नियमति विवरण प्रकाशित गर्नुपर्ने उनको भनाइ छ ।
ललितपुरमा १ हजार १ सय ८० सहकारी छन् । धेरै संस्था भइसकेले अव अरु संस्था खोल्न आवश्यक नभएको उनले बताए । ‘भएकै संस्था प्रवद्र्धन गर्नुपर्छ । बचत बाहेक अरु दर्ता हुन सक्छ’ उनले भने । संघमा ५ सय २६ सहकारी आबद्ध छन् ।
‘साधारणसभा नगर्ने संस्था सदस्यबाट हटाउँछौ’ उनले भने,‘ यो पटक हटाइने योजना छ ।‘संस्था चलाउनेलाई औजार दिन्छौं । चुनावमा भोट हाल्न मात्रै आउनेलाई अब नराख्ने योजना छ’ बजगाईले भने ।
संघका सदस्य ५ सय २८ गणना हुने भएपनि ५० देखि ७० वटा सहकारी जिम्मेवार नभएकाले हट्ने अध्यक्ष बजगाईले बताए ।
जागरुक साकोसका रोशनी शाक्यले बचत तथा ऋणको पैसा सहकारीमै राख्ने व्यवस्था तत्काल गर्नुपर्ने बताइन् । गुड फर पेमेन्टका लागि बैंकमै जानुपर्ने वाध्यता अन्त्य गर्न ब्यापक लबिङ गर्नुपर्नेमा जोड दिइन् ।
सहकारीलाई गुड फर पेमेन्टको व्यवस्था गर्न सके मात्रै दसैं लगायतका बेला सहज हुने सहकारीकर्मी बताउँछन् ।
Leave a comment