हाइलाइट

सहकारीलाई प्रविधिमा जोडिने

सहकारीलाई प्रविधिमा जोडिने :: Sahakari Akhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गर्दै सहकारीलाई प्रविधिसँग जोड्ने जनाएको छ । राष्ट्र बैंकले सहकारी र लघुवित्तलाई प्रविधि सेवा उपयोग गर्ने नीति दिएको हो । अब सहकारीलाई प्रविधिमा जोडिन सहज हुने भएको छ ।

राष्ट्र बैंकले आफ्नो क्षेत्राधिकार नभएको भन्दै सहकारीलाई वेवास्ता गर्दै आएको छ । सहकारी विभागले प्रभावकारी नियमन गर्न सकेको छैन । सहकारीलाई प्रविधिमा जोड्न सकिए नियमन गर्न पनि सघाउ पुग्ने बताइएको छ ।

सहकारी अभियानले सहकारीलाई प्रविधिमा जोड्न आवाज उठाइरहेका थिए । राष्ट्रिय सहकारी महासंघले समेत सहकारीलाई प्रविधिमा जोड्न गाइडलाइन निर्माण गर्दै छ । देशभर ३० हजार सहकारी छन् ।

मुश्किलले केहीले मात्रै प्रविधि प्रयोग गरेका छन् । स्पष्ट कानुन अभावका कारण सहकारीले प्रविधि प्रयोग गर्न हिच्किचाइरहेका छन् । नियामक निकायले सहकारीलाई प्रविधिमा हिँडाउन खोजेसँगै सहकारीले खुसी व्यक्त गर्न थालेका छन् ।



Leave a comment