सहकारी अभियन्ता बाँस्कोटालाई अभिनन्दन

सहकारी अभियन्ता बाँस्कोटालाई अभिनन्दन :: Sahakari Akhabar

ललितपुर । ललितपुर जिल्ला बचत संघले दिपकप्रकाश बास्कोटालाई अभिनन्दन गरेको छ । चौथो ललितपुर साकोस समिटका अवसरमा बास्कोटालाई अभिनन्दन गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष बास्कोटालाई सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै ललितपुर संघले अभिनन्दन गरेको हो ।

बास्कोटा पछिल्लो समयमा पनि सहकारी क्षेत्रको विकासका लागि लबिङ, बहस, पैरबी गर्न गर्न सक्रिय छन् । साकोस समिटको अवसरमा बास्कोटालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनन्दन गरेका हुन् ।

अभिनन्दनपछि बास्कोटाले सहकारीमार्फत छरिएको पुँजी एकीकृत गरी राष्ट्र विकासमा लगाउनुपर्ने बताए । स्वदेशी पुँजी लगानी हुन नसकिरहेको अवस्थामा वैदेशिक ऋण र वैदेशिक लगानीमा प्राथमिकता दिन नहुने बताए ।

‘पुँजी उपयोग गर्न सके वैदेशिक ऋण आवश्यक पर्दैन’ उनले भने,‘परनिर्भता हटाउन सहकारीले अब लगानी बढाउनै पर्छ ।’ बुुधबारदेखि सुरु भएको साकोस समिट भोलि शुक्रबारसम्म सञ्चालन हुने छ । 




Leave a comment