ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै अध्यक्ष उप्रेतीले स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन नसकेको बताएका हुन् ।
सहकारी क्षेत्रमा सञ्चालकको मनपरी रहेको, सुशासनमा हिँड्न नसकेको गुनासो आउने भएकाले त्यसलाई रोक्न राज्य र अभियान सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
ऐन, नियम बाधक भएकाले सहकारीमार्फत लगानी गर्न नपाइएको उनले बताए । वित्तीय बजारमा तरलता अभाव भएकाले सहकारीको पैसा सहकारीमै राख्ने व्यवस्था हुनुपर्ने उनको भनाई छ ।
निक्षेपका आधारमा कर्जा प्रवाह गर्नुपर्ने भएकाले निक्षेपका आधारमा कर्जाको दर घटबड हुने उनले बताए ।
Leave a comment