ललितपुर । संघिय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले बजार विश्लेषण गरेर सन्र्दभ ब्याजदर निर्धारण गरिने बताएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै रजिष्ट्रार अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए ।
‘अनुगमन गर्ने अधिकार राज्यलाई मात्र छ’ उनले भने, ‘संघहरुले नियमन गर्न खोज्नु उपयुक्त छैन ।’ रजिष्ट्रार अधिकारीले सन्र्दभ ब्याजदर निर्धारण गर्न छलफल भइरहेको बताए ।
बजारको विश्लेषण गरेर सन्र्दभ ब्याजदर निर्धारण गरिने उनले बताए । रजिष्ट्रार अधिकारीले आर्थिक विकासमा सहकारीलाई हिँडाउन भिजन पेपर निर्माण गर्न लागिएको बताए ।
Leave a comment