नेफ्स्कून सिइओ नियुक्ति प्रकरण : अधिकांश संचालककै विमति

नेफ्स्कून सिइओ नियुक्ति प्रकरण : अधिकांश संचालककै विमति :: Sahakari Akhabar

साउन २२ गते छोटो सूचिको नामावली प्रकाशन गरेको थियो । सिइओको सो परीक्षाको दौडमा पोखरेल पनि सहभागी थिए । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा पदपुर्ती समितिका संयोजक चन्द्र प्रसाद ढकालले नियुक्ति प्रकृयाप्रति असन्तुष्ट जनाउँदै आएका छन् । सुझाव विपरित नियुक्ति गरिएकाले उनले असहमति जनाएका हुन् । 
 
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो नीति विपरित प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ती गरेको छ । खुला प्रतिष्पर्धाबाट परीक्षा लिइए पनि नतिजा प्रकाशित नगरी कामु सिइओलाई नेफ्स्कूनले नियुक्ति दिएको हो ।

नेफ्स्कूनले २०७१ देखि पदपूर्ती नीति संशोधन गर्दै ६० अंक भन्दा माथि ल्याएकालाई मात्र उतीर्ण गराउने व्यवस्था गरेको थियो । जबकि, लोकसेवा आयोगको व्यवस्थामा ४० ल्याउने व्यक्ति उतीर्ण हुने व्यवस्था छ । नेफ्स्कूनको पछिल्ला पदपूर्तीहरु संशोधित प्रावधान अनुसार नै हुँदै आएका थिए ।

तर प्रमुख कार्यकारी अधिकृतको पदपूर्ती गर्ने क्रममा परीक्षार्थी ८ जनाले ६० अंक ल्याउन नसकेपछि नतिजा प्रकाशित गरिएन । व्यवस्थापनले सिँधै कामुलाई नियुक्त गर्ने निर्णय गरेपछि संचालकबिचनै असन्तुष्टी देखिएको छ ।

पदपूर्ती समितिमा रहेका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरुसमेत नियम मिचेर गरिएको नियुक्तीप्रति असन्तुष्टी जनाएको बुझिइएको छ । तर अधिकारी र पनेरुसँग सम्पर्क गर्दा यो विषयमा बोल्न चाहेनन् ।

नियुक्तिपत्र प्रदान गर्ने क्रममा संघका अध्यक्ष परितोष पौड्याल, सञ्चालकहरु यज्ञप्रसाद ढकाल, घनश्याम अधिकारी, रिना आचार्य, न्हुछे नारायण श्रेष्ठ र मन्दरा मिश्रको मात्र उपस्थिति थियो । अधिकांश संचालकहरुको असहमतिका बाबजुत संघका अध्यक्ष परितोष पौड्यालले पोखरेललाई सिइओ नियुक्तीको पत्र थम्याएका थिए ।

नेफ्स्कूनका प्रशासकीय प्रमुख सञ्जय तिमल्सिनाले नेफ्स्कूनको पदपूर्ती व्यवस्थामा व्यवस्थापनमा काम गरेको मूल्यांकनका आधारमा सिँधै नियुक्ती गर्न सक्ने व्यवस्था पनि रहेको बताए । ‘वर्षौै काम गरेर सिइओ बन्दा खुल्ला प्रतिष्पर्धामै जानुपर्ने वाध्यकारी अवस्था अन्त्य गर्न व्यवस्थापनकै जोडबलमा उक्त प्रावधान पनि राखिएको छ’ उनले भने ।

तर सञ्चालक समितिले कामु प्रकाश पोखरेललाई सिइओ नियुक्त गरेको भए पनि माइन्युट नहेरेकाले कुन प्रक्रियाबाट गरिएको भन्नै थाहा नभएको तिमल्सिाना बताउँछन् । सञ्चालक समितिको बैठकमा पनि बिमती राखेको बारेमा थाहा नभएको उनले बताए ।

संघको पदपूर्ती सम्बन्धी व्यवस्था अनुसार परिक्षमा कसैले पनि ६० अंक नल्याएपछि परीक्षा रद्द गरिएको थियो । पदपुर्ति उपसमितिले बिधानमा भएको ब्यवस्था संशोधन गरि पुनः प्रकृयामा जाने सुझाव दिएपनि संचालकको बैठकले छोटो सूचीको दोश्रो लिष्टमा रहेका प्रकाशप्रसाद पोखरेललाई आइतबार नियुक्त गरेको हो ।

नियुक्तिपत्र प्रदान गर्ने क्रममा संघका अध्यक्ष परितोष पौड्याल, सञ्चालकहरु यज्ञप्रसाद ढकाल, घनश्याम अधिकारी, रिना आचार्य, न्हुछे नारायण श्रेष्ठ र मन्दरा मिश्रको मात्र उपस्थिति थियो । अधिकांश संचालकहरुको असहमतिका बाबजुत संघका अध्यक्ष परितोष पौड्यालले पोखरेललाई सिइओ नियुक्तीको पत्र थम्याएका थिए ।

पदपूर्ति उपसमितिले बिधान संशोधन गरी पुनः प्रकृयागत रुपमा नियुक्ती गर्नुपर्ने सुझाव दिएको थियो । तर उक्त सुझाव लत्याएर अध्यक्षले मनोमानी ढंगले नियुक्ति दिएकोमा आपत्ति जनाएका हुन् ।नेफ्स्कूनले २०७८ असार ३० गते प्रमुख कार्यकारी अधिकृत पद (तह १०) मा खुला आवेदन माग गरेको थियो ।

साउन २२ गते छोटो सूचिको नामावली प्रकाशन गरेको थियो । सिइओको सो परीक्षाको दौडमा पोखरेल पनि सहभागी थिए । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा पदपुर्ती समितिका संयोजक चन्द्र प्रसाद ढकालले नियुक्ति प्रकृयाप्रति असन्तुष्ट जनाउँदै आएका छन् । सुझाव विपरित नियुक्ति गरिएकाले उनले असहमति जनाएका हुन् । 
 
Leave a comment