नेफ्स्कूनको सिइओ परिक्षामा असफललाई बोर्डले गर्यो नियुक्ती

नेफ्स्कूनको सिइओ परिक्षामा असफललाई बोर्डले गर्यो नियुक्ती :: Sahakari Akhabar

‘नेफ्स्कूनको  साधारणसभाको पुर्वसन्ध्यामा भएको ३००आँै बैठकमा मैले सिइओ नियुक्तीको बारेमा आफु सँयोजक रहेको समितिको  कामको रिपोट बुझाएको थिएँ ।’ ढकालले भने,‘पुनः प्रकृयामा जान सुझाव सहितको  रिपोट  बझाएका थियौं ।’ 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले परीक्षामा असफल भएका व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त गर्ने निर्णय गरेको छ । लिखित परीक्षामा असफल भएका व्यक्तिलाई नै नेफ्स्कूनको सञ्चालक समितिको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।

पदपूर्ती समितिले पुनः प्रक्रियामा जान दिएको सुझावलाई बेवास्ता गर्दै सञ्चालक समितिले परीक्षामा असफल भएका मध्येबाट दोस्रो नम्बरमा रहेका प्रकाश प्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।नेफ्स्कूनले २०७८ असार ३० गते प्रमुख कार्यकारी अधिकृत पद (तह १०) मा खुला आवेदन माग गरेको थियो ।  साउन २२ गते छोटो सुचिको नामवाली प्रकाशन गरेको थियो ।

उक्त छोटो सुचिमा ८ जनाको नाम प्रकाशित गरेको थियो । छोटो सूचीमा परेका हरुलाई लिखित परिक्षाको समय दुइपटकसम्म सारेर परिक्षा लिइएपनि पछि नतिजा सार्वजनिक नगरी खारेज गरिएको बताइएको छ। तर, नेफ्स्कूनले लिएको परीक्षामा सिइओका लागि आवेदन दिएका उम्मेदवार मध्ये कोही पनि सफल हुन नसकेको बताइएको थियो ।

सिइओको सो परीक्षाको दौडमा पोखरेल  पनि सहभागी थिए । परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द गरी  हाल नेफ्स्कूनमा कामु  सिईओको रुपमा रहेका पोखरेललाई नै सिइओको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।  नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा पदपुर्ती समितिका संयोजक चन्द्र प्रसाद ढकाल निर्णय बारे अनविज्ञ रहेको बताउछन् ।

‘नेफ्स्कूनको  साधारणसभाको पुर्वसन्ध्यामा भएको ३००आँ बैठकमा मैले सिइओ नियुक्तीको बारेमा आफु सँयोजक रहेको समितिको  कामको रिपोट बुझाएको थिएँ ।’ ढकालले भने,‘पुनः प्रकृयामा जान सुझाव सहितको  रिपोट  बझाएका थियौं ।’ 

निर्णयबारे नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले पोखरेललाई नै नियुक्ती गर्ने निर्णय भैसकेकेको बताए । पोखरेलको नियुक्तीसँगै  बचत तथा ऋण सहकारी क्षेत्रमा नयाँ तरङ्ग छाएको छ । परीक्षामा सामेल भई अनुर्तीण व्यक्तीलाई नेफ्स्कून संचालक समितिको हस्तक्षेपबाट सिइओ नियुक्ती गरिनु विधीसम्मत नभएको जानकारहरु बताउँछन् ।

नेफ्स्कूनको पदपूर्तीसम्बन्धी व्यवस्थामा ६० अंक प्राप्त गर्ने मात्र परीक्षामा सफल हुने व्यवस्थालाई परिमार्जन गरी पुनः प्रक्रियामा जान पदपूर्ती समितिले सुझाव दिएको थियो । उक्त सुझाव वेवास्ता गर्दै बिहीबार सीइओ नियुक्त गर्ने निर्णय गरिएको हो ।

को को थिए दौडमा हेर्नुस सूची
१,शिवजी सापकोटा
२, प्रकाश प्रसाद पोखरेल
३, गणेश प्रसाद तिमल्सीना
४, दुर्गा प्रसाद ढकाल
५, मान बहादुर खत्री
६, नरेश कुमार रोका
७, सतिश कुमार शर्मा
८, रवि किरण अधिकारी
 



Leave a comment