काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारीमा खराब प्रवृति मौलाएको बताएका छन् । नफ्स्कूनको ३० औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै रजिष्ट्रार अधिकारीले गलत नियतका साथ स्थापना भएका सहकारी पहिचान गरी निरुत्साहित गर्नुपर्ने बताए ।
‘सहकारीमा खराब प्रवृति मौलाएकाले बेलैमा निरुत्साहित गर्नुपर्छ’ उनले भने । नियमनकारी निकायको नियमत क्षमता बढाउन आवश्यक भएको बताए । ‘अनुभत गर्नेगरी नियमन गर्नुपर्छ’ उनले भने ।संस्थाभित्रको खराबी निमिट्यान बनाउन सहकारी अभियान र राज्यसंयन्त्र सहकार्य गर्नुपर्ने बताए ।
संघभित्र नआउने बाहिर बसेर बदमासी गर्ने सहकारीलाई चिनेर नेफ्स्कुनलगायत सहकारी अभियान र विभाग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । ‘खराब प्रवृति हटाउन नेफ्स्कूनले जोड दिनुपर्छ’ उनले भने ।
आगामी दिनमा आउन सक्ने समस्याबाट जोगिन बेलैमा सचेत हुनुपर्ने उनले बताए ।
सहकारीको वर्तनमा अवस्था, अन्तर्राष्ट्रिय अभ्यास बुझेर नियमन क्षमता प्रभावकारी कसरी बनाउनेतर्फ लाग्न आवश्यक भएको उनको भनाइ छ । ‘सहकारीको अधिकार र दायित्व कसरी व्यवस्थापन गर्ने’ भन्ने विषयमा जोड दिनुपर्छ’ उनले भने । सहकारी भित्रको कमजोर निरुत्साहित गर्न जोड दिनुपर्ने उनले बताए ।
सहकारीले १९ प्रतिशत भन्दा धेरै ब्याज लिएको, सेवाशुल्क ५ प्रतिशतसम्म लिएको, विविध शुल्क लिएको गुनासो आएको रजिष्ट्रार अधिकारीले बताए । सहकारीको नियमन सरकार बाहेक अरु कसैले गर्न नसक्ने बताए । ‘संघहरुले आफ्नो हिसाबले नियमन गरेपनि नियमन सरकारले नै गर्ने हो’ उनले भने ।
अनुगमन प्रभावकारी बनाउन रणनैतिक योजना तथा मादपण्ड प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए । ‘आआफ्नो तरिकाले हेर्न सकिने भएपनि सँगै नियमन गरी साझा धारणा बनाउन सकिन्छ’ उनले भने । सहकारी ऐनमा राखिएका प्रावधानहरु ऋण असुली न्यायाधिकरण, स्थरिकरण कोष, कर्जा सूचना केन्द्र कार्यान्वयन नहुनुमा अभियान पनि दोषि भएको उनले बताए ।
Leave a comment