नियमित साधारणसभा नै गर्दैनन् जिल्ला संघहरु

नियमित साधारणसभा नै गर्दैनन् जिल्ला संघहरु :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेशका जिल्ला संघहरुले नियमित साधारणसभा नगरेको पाइएको छ । राष्ट्रिय सहकारी महासंघले गरेको अध्ययन अनुगमन प्रतिवेदन अनुसार बाग्मतीका जिल्ला संघहरुले नियमित साधारणसभा नगरेको पाइएको हो ।

रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली जिल्ला संघले नियमित साधारणसभा नगरेको पाइएको हो । रसुवामा जिल्ला सहकारी संघ स्थापना भएको छैन । तर बचत तथा ऋण सहकारी संघ सक्रिय छ ।

सिन्धुपाल्चोक जिल्ला संघ २०५० सालमा स्थापना भएको थियो । हाल संघ निश्क्रिय  अवस्थामा छ । जिल्लामा ५ सय बढी सहकारी संघ संस्था छन् । त्यसको अभिभावक संघको रुपमा जिल्ला संघ सक्रिया बनाउनुपर्ने अध्ययनले देखाएको छ ।

सिन्धुपाल्चोक संघको २०७१ माघ १० गते पछि साधारणसभा हुन सकेको छैन । कृष्णभक्त नेपाल अध्यक्षमा २०६७ भदौ ५ गते चुनिएका थिए । संघको कार्यालय र कर्मचारी छैनन् । अध्यक्ष नेपाल, राष्ट्रिय प्रतिनिधि भएर आउनेबाहेक अरु केही गर्न सकेकौ छैन ।

संघमा रहेका विषयगत संघ र सदस्यता, संघको सदस्य संघसस्था, कर्मचारी, उपसमिति, जगेडा कोष, ऋण लगानी, बचत, सेयर पुँजी, वार्षिक योजना/रणनीतिक योजना, संघको कार्यविधि तथा रणनीति, भौतिक सम्पतिलगायत कुनै विवरण नभेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सिन्धुपाल्चोकका ५ सय २ सहकारीको सेयर पुँजी ४० करोड १९ लाख १७  हजार ६ सय ५१ रुपैयाँ छ । ५७ हजार १ सय २५ सदस्य रहेको यहाँका सहकारीले ७ सय ५४ जनालाई प्रतत्यक्ष रोजगारी दिएका छन् ।

१३ करोड ७४ लाख ८८ हजार ४ सय ८२ रुपैयाँ स्थित सम्पति रहेको यहाँका सहकारीको सम्पत्ति दायित्व १२ करोड ८७ लाख ७६ हजार ९ सय ३२ रुपैयाँ छ ।

१२ वटा स्थानीय तह रहेको यस जिल्लामा त्रिपुरासुन्दरी गाउँपालिकामा ७ वटा र सबैभन्दा धेरै मेलम्ची गाउँपालिकामा १ सय ४७ वटा सहकारी छन् ।

जिल्लामा ४ वटा विषयगत सहकारी संघ छन् । प्राय सबै संघ निश्क्रिय छन् । सिन्धुपाल्चोकमा कफी संघ बाहेक अन्य विषयगत जिल्लास्तरीय संघहरुले साधारणसभा समेत गरेका छैनन् ।

२०५३ मा स्थापना भएको जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचन २०६७ चैत्र ४ गते भएको थियो । संघमा १ सय २५ सदस्य आवद्ध छन् । यसको सेयर पुँजी १० हजार मात्र छ । यसको अध्यक्ष देवी दुलाल हुन् ।

२०४९ सालमा स्थापना भएको जिल्ला दुग्ध उत्पादक सहकारी संघको कुनै पनि विवरण उल्लेख छैन । यसका अध्यक्ष झनक तिमल्सिना हुन् ।

जिल्ला कृषि सहकारी संघ दर्ता भएको भए पनि कतै काम गरेको पाइदैँन । जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्ष आशिष खड्का छन् ।

रामेछाप जिल्ला सहकारी संघको २०७६ पछि साधारणसभा भएको छैन । यसको पछिल्लो निर्वाचन २०७० मा भएको थियो । निश्क्रिय रहेको संघको अध्यक्ष कोमलशंकर घिमिरे हुन् ।

मन्थली चोकमा ठेगाना उल्लेख गरिए पनि कर्मचारी, उपसमिति, सेयर पुँजी, बचत, ऋण लगानी, जगेडा कोष, वार्षिक योजना/कार्ययोजना, संघको कार्यविधि तथा नीतिहरु, भौतिक सम्पत्ति केही छैन ।

यहाँ कृषि, बचत र जुनार गरी तीनवटा विषयगत संघ छन् । रामेछापमा २ सय ५३ सहकारी छन् । २९ हजार ५ सय ६९ जना सदस्य रहेको सहकारीको सेयर पुँजी १३ करोड ११ लाख ६७ हजार ७ सय १६ रुपैयाँ छ ।

६८ करोड ३६ लाख ८८ हजा ५ सय ६५ रुपैयाँ बचत संकलन गरी यहाँका सहकारीले ६६ करोड २० लाख १२ हजार ९ सय ३२ रुपैयाँ ऋण लगानी गरेका छन् । यहाँका सहकारीले ३ सय १८ जनालाई रोजगारी दिएका छन् ।



Leave a comment