काठमाडौं । राजनीतिक स्वार्थ पूरा गर्न खोलिएका कृषिका केन्द्रीय संघहरु पछिल्लो समयमा मर्ज हुन थालेका छन् । चारवटा केन्द्रीय संघ मर्ज भएर दुईवटा बनेका छन् । कृषिसँग सम्बन्धीत १२ वटा केन्द्रीय संघ रहेकामा ४ वटा मर्ज भएका छन् । यस संगै अब कृषिका केन्द्रीय संघ १० वटा भएका छन् । कृषिका सबै केन्द्रीय संघ मर्ज गरेर बलियोरुपमा कृषि संघ बनाउने तयारी सुरु भएको चर्चा छ ।
सहकारी विभागले हालैमात्र केन्द्रीय मस्य सहकारी र पशुपालन सहकारी संघलाई मर्जको अनुमति दिएको छ । यसअघि तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ र बिउ उत्पादक केन्द्रीय संघ मर्जर भएर कृषि बिउ केन्द्रीय सहकारी संघ बनेको छ ।
एकिकरण कार्यदलका संयोजक बाबुराम अधिकारीले विभागले संघ एकीकरणका लागि अन्तिम स्विकृतिको तयारी भइरहेको बताए । एकीकरण पछि संघको नाम केन्द्रीय पशुपंक्षी मस्य सहकारी संघ राख्ने तय भइसकेको छ उनले भने ।
२२ केन्द्रीय संघमध्ये एक दर्जन भन्दा बढी कृषिसँग सम्बतिन्ध भए पनि अधिकांश कृषिका संघ झोले र अनुदानमा सञ्चालित छन् । राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन गरी कृषिसँग सम्बद्व सबै केन्द्रीय संघ मर्ज गरी कृषि केन्द्रीय सहकारी संघ बनाउने प्रस्ताव गरिए पनि संघका नेतृत्वहरुले मर्ज गर्न चासो देखाएका छैनन् ।
राजनीतिमा मात्रै सक्रिय हुँदै आएका अधिकांश केन्द्रीय संघ व्यवसायिक गतिविधिमा निश्क्रिय छन् । धेरैले नियमित साधारणसभासमेत गरेका छैनन् । कतिको कार्यालय समेत छैन र कर्मचारीसमेत छैनन् । तर राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि हुन र कार्यक्रममा सहभागी हुनबाहेक अरु गतिविधिमा केन्द्रीय संघहरु निश्क्रिय छन् ।
केही संघहरु व्यवसायिक बन्ने उद्देश्यले कृषिसँग सम्बन्धित केन्द्रीय संघ मर्ज हुन थालेका छन् । कृषिसँग सम्बन्धित एक दर्जन संघहरु मर्ज भएर एउटै राष्ट्रि«य कृषि संघ बन्ने संभावना रहेको सहकारीकर्मीहरु बताउँछन् । तर त्यसरी संघ मर्ज गर्ने अभियानमा खासै जुटेका छैनन् ।
कृषि बिउ उत्पादक सहकारी संघका अध्यक्ष विनोद पराजुलीले तत्कालीन समयमा जुनार लगायतसँग मर्जबारे छलफल भएपनि अझै टुंगिइनसकेको बताउँछन् । कृषिका विविध विषय समेटेर दर्जनौँ संघ स्थापना भए पनि कृषिउत्पादन र बजारीकरणमा संघको भूमिका शुन्य छ ।
२२ केन्द्रीय संघमध्ये एक दर्जन भन्दा बढी कृषिसँग सम्बतिन्ध भए पनि अधिकांश कृषिका संघ झोले र अनुदानमा सञ्चालित छन् । राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन गरी कृषिसँग सम्बद्व सबै केन्द्रीय संघ मर्ज गरी कृषि केन्द्रीय सहकारी संघ बनाउने प्रस्ताव गरिए पनि संघका नेतृत्वहरुले मर्ज गर्न चासो देखाएका छैनन् ।
कृषिसँग जोडिएका अन्य केन्द्रीय संघहरू कृषि केन्द्रीय संघमा एकीकरण गर्ने र कृषि तथा उत्पादनसँग सम्बन्धित सहकारीको एउटा मात्रै कृषि संघ बनाउने राष्ट्रिय सहकारी विकास बोर्डको योजना थियो । सहकारी विभागका अनुसार नेपाल कृषि सहकारी केन्द्रीय संघ, केन्द्रीय दुग्ध सहकारी संघ, जुनार केन्द्रीय सहकारी संघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ, केन्द्रीय कफि सहकारी संघ, केन्द्रीय उखु उत्पादक सहकारी संघ, केन्द्रीय चिया सहकारी संघ, केन्द्रीय सुपारी सहकारी संघ अस्तित्वमा छन् ।
कृषि केन्द्रीय संघले कृषि क्षेत्रका सहकारीलाई समेट्न नसकेपछि दर्जनौं केन्द्रीय संघ स्थापना भएको बताइन्छ । कृषि केन्द्रीय सहकारी संघले साना किसानलाई मात्रै प्राथमिकता दिएर सदस्यता दिने र कार्यक्रम गर्ने गरेको उनीहरुको भनाइ छ ।
‘देशभरका कृषि सहकारीलाई समेटेर व्यवसायिक बनाउने उद्देश्यले कृषिका दुई केन्द्रीय संघ एकीकरण गरिएको तत्कालीन समयमा पराजुलीले बताएका थिए । अहिले अधिकारीले पनि बलियो संघ बनाउन मर्ज अभियान सुरु गरेको बताएका छन् ।
कृषि केन्द्रीय संघ भनिए पनि उसले साना किसानद्वारा प्रवद्धन एक हजार सहकारी मात्रै उसका सदस्य छन् । देशभर कृषिक्षेत्रमा संलग्न १२ हजार भन्दा बढी सहकारी दर्ता छन् । केन्द्रीय संघ छुटाछु्ट्टै अस्तित्वमा रहँदा व्यवसायिक बन्न सकेका छैनन् ।
नेटवर्क बढाउने, व्यवसायिक बनाउने, सहकारीलाई आकर्षक बनाउने गरी नयाँ योजन ल्याएर कृषि संघ एउटै बनाउने योजना बनेको मर्ज अभियानकर्ता पराजुली र अधिकारी बताउँछन् । केन्द्रीय संघ व्यवसायिक बन्नुपर्ने भएपनि आर्थिक अभाव र नेतृत्वको अदुरदर्शिताका कारण त्यसो हुन सकिरहेका छैनन् ।
आफ्नै व्यवसाय र आम्दानी हुने गरी व्यवसायिक केन्द्रीय संघ बनाउन राष्ट्रिय सहकारी विकास बोर्डले उच्च प्राथमिकतामा राखेको छ । कृषिका दर्जनौं संघ मर्ज गरेर राष्ट्रिय कृषि सहकारी संघ बनाउन सकिने उनले अधिकारी बताउँछन । ‘सबै संघको पुर्नगठन हुनु पर्छ,उनले भने,‘कृषि केन्द्रीय संघमा मर्ज हुने हैन ।’
Leave a comment