दुई केन्द्रीय संघ मर्ज हुँदै

दुई केन्द्रीय संघ मर्ज हुँदै :: Sahakari Akhabar

काठमाण्डौ । सहकारीको संख्या बढी भएकोले सहकारीमा विकृति बढेको भन्दै सरकारले सहकारीको एकिकरणको अवधारणा ल्याएको छ ।

त्यसैगरी सहकारीका केन्द्रीय तथा जिल्ला संघहरुपनि एकिकरणमा जानेक्रम बढेको पाइन्छ । यसैक्रममा सहकारी विभागले दुईवटा केन्द्रीय सहकारी संघलाई एकिकरणको अनुमति दिएको छ ।

सहकारी विभागले केन्द्रीय मस्य सहकारी र पशुपालन सहकारी संघलाई मर्जको अनुमति दिएको हो । दुवै संघले एकिकरणकालागि असोज ६ गते विभागमा निवेदन दिएका थिए ।

विभागले संघ एकिकरणकालागि अन्तिम स्विकृति लिन आवश्यक प्रकृया पुरा गर्न निर्देशन दिएको छ । एकिकरण पछि संघको नाम केन्द्रीय पशुपंक्षी मस्य सहकारी संघ हुने एकिकरण कार्यदलका संयोजक बाबुराम अधिकारीले जनाए ।

मर्ज नहुँदासम्म २२ वटा केन्द्रीय सहकारी संघहरु स्थापनामा रहेका छन् । यस अघि तरकारी फलफूल तथा बीउबिजन सहकारी संघ एकिकरण भइसकेका छन् ।



Leave a comment